अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीका अन्वेषकहरूले दक्षिणी महासागरमा रहेका तरल बादलहरूले पृथ्वीको मौसमलाई कसरी असर गर्छ भनेर बुझ्नका लागि एउटा परियोजना सुरु गरेका छन् ।
राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सिसरो) ले सोमबार वैज्ञानिकहरूले जलवायु मोडेलमा रहेको खाडललाई सम्बोधन गर्नका लागि तस्मानियाको टापु राज्यको ‘केनाओक÷केप ग्रिम बेसलाइन वायु प्रदूषण स्टेशन’मा वायुमण्डलीय एयरोसोल अध्ययन गर्न १७ महिना बिताउने घोषणा गरेका छन् ।
उच्च पानी शुद्धताको कारण दक्षिणी महासागरमा बन्ने बादल प्रायः बरफको सट्टा अति–चिसो (सुपर–कुल्ड) तरल पानीले बनेको हुन्छ । सुपर–कूल्ड तरल पानीको बादल बरफको बादलको तुलनामा धेरै सूर्यको प्रकाशलाई अन्तरिक्षमा प्रतिबिम्बित गर्दा समुद्रको सतहलाई चिसो पार्न मद्दत गर्दछ ।
सिसरोका वरिष्ठ प्रमुख अनुसन्धान वैज्ञानिक मेलिता किउडले परियोजनाले समुद्रमाथि सूर्यको कति किरण भएको बादल अन्तरिक्षमा प्रतिबिम्बित हुन्छ र पृथ्वीमा कति तापक्रम हुन्छ भन्ने मापन गरेर बादलको गुणहरूको बुझाइमा रहेको अन्तर पूरा गर्न सहयोग गर्ने बताउनुभयो ।
“नयाँ डाटाले सतह र बादलहरू बीच के भइरहेको छ र यस क्षेत्रमा बन्ने अद्वितीय ‘सुपर–कूल्ड’ तरल बादलभित्र के भइरहेको छ भन्नेबार बुझ्न सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “पृथ्वीले सबैभन्दा तातो वर्ष रेकर्ड गरेपछि पृथ्वीको वायुमण्डलमा कति तापक्रम छ भनेर राम्रोसँग मापन गर्नु त्यति महत्त्वपूर्ण कहिल्यै थिएन ।”
एरोसोलले पानीलाई सघन बनाउन र बादल बन्न सक्षम पारेर बादल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । एरोसोल वायुमण्डलमा निलम्बित साना कणहरू हुन्। तिनीहरू प्रायः मानव आँखाले देख्न सकिँदैन ।
दक्षिणी महासागरमा एरोसोलको मुख्य स्रोत ‘समुद्री स्प्रे र फाइटोप्लाङ्क्टन’द्वारा निस्कने ग्यासहरू हुन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
