उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ ।
उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेका र मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका जनाएको छ ।
प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूका आवासीय घर र एउटा आश्रय केन्द्रमा मिसाइलहरू प्रहार गरेका बताएका छन् ।
अधिकारीहरूले शिविरमा ठूला विस्फोटसहित आक्रमण भएको धेरै दिनदेखि आफूह इजरायली सैन्य कारबाहीकोे साक्षी रहेको बताएका छन् ।
घटनापश्चात एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण भएको ठाउँमा पुगेका छन् ।
स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले हवाई र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको र सयौँ हताहत भएका छन् ।
यसैबीच, कमल ओडवान अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
यसअघि, गाजामा सशस्त्र प्यालेस्टिनी समूहहरूले तिनीहरूका सदस्यहरू जबलिया शिविरमा प्रवेश गर्ने इजरायली सेनासँग भयानक लडाइँ लडिरहेका बताएका थिए ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार एक विज्ञप्तिमार्फत सेनाले जबलियामा धेरै लडाईहरूमा आतङ्कवादी ठूलो सङुख्यामा लडाकूको मृत्यु भएको जनाएको छ ।
आईडीएफले कारबाहीका क्रममा इजरायलतर्फ आक्रमण गर्न तयारी अवस्थामा राखिएकारकेट लन्चरलाई नस्ट गरेको बताएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
