काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित तीनखुट्टेमा दम्पती मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार- ‘६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएका हुन्।
श्रीमान मानबहादुर घरको पसल कोठामा र श्रीमती केकाई माया भान्छा कोठामा मृत अवस्थामा फेला परेका हुन्।
घटनाको जानकारी पछि इलाका प्रहरी कार्यालय, मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको टोली र जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेर थप अनुसन्धान थालेको छ । हत्या भएको आशङ्कामा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगले पनि अनुसन्धान गरिरहेको छ ।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
