राजस्व बढाउन पाकिस्तानले गर्‍यो सिमकार्ड ब्लक

पाकिस्तानको कर प्राधिकरणले राजस्व सीमा बढाउन बिहीबार कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको दुई लाख १० हजार सिमकार्ड ब्लक गरेको छ । सन् २०२२ मा २४ करोडभन्दा धेरै जनसङ्ख्या भएको मुलुकमा ५२ लाखले मात्र आयकर रिटर्न दाखिला गरेका थिए ।

सङ्घीय राजस्व बोर्ड (एफबीआर) को आँकडाअनुसार बोर्डले अप्रिलमा अध्यादेश पारित गरेपछि दूरसञ्चार प्राधिकरणलाई दुई लाख १० हजार सिमकार्डको जडान ब्लक गर्न आदेश पठाएको थियो । तीमध्ये ६२ हजारलाई पछि पुनःस्थापना गरिएको थियो ।

‘हामीले आफ्नो कर भुक्तानी गर्ने मानिसहरूको सिम अनब्लक गरेका छौँ,’ एफबीआरका जनसम्पर्क अधिकारी बख्तियार मुहम्मदले भने, ‘कसैले स्वेच्छाले अगाडि आएर कर तिर्दैनन्, हामीले मानिसलाई कर तिर्ने मार्ग बनाउनुपर्छ ।’

दूरसञ्चार प्राधिकरणका अनुसार पाकिस्तानमा १९ करोड २० लाखभन्दा धेरै सेलफोन ग्राहक र चार दूरसञ्चार सेवाप्रदायक छन् । पाकिस्तानीहरूले आफ्नो राष्ट्रिय परिचय नम्बरका साथ सिमकार्ड दर्ता गर्नुपर्छ । यसको उपयोग प्राय धेरै ‘कनेक्सन’का लागि गरिन्छ ।

पाकिस्तानले आफ्नो दयनीय न्यून राजस्वको आधार बढाउन सङ्घर्ष गरिरहेको छ तर ठूलो मात्रामा कागजविहीन अर्थतन्त्रका कारण यसमा अवरोध भइरहेको छ ।

सरकारले आफ्नो खाता सन्तुलनमा राख्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग थप ऋण लिन जोड दिइरहेको छ तर आइएमएफ इस्लामाबादले आफ्नै स्रोत जुटाउन थप प्रयास गरोस् भन्ने चाहन्छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link