युक्रेनी वायुसेनाले नष्ट गर्‍यो रुसले प्रक्षेपण गरेका १३ ड्रोन

रुसले उत्तरी र मध्य युक्रेनमा प्रक्षेपण गरेका १३ ड्रोन युक्रेनी वायुसेनाले नष्ट गरेको छ ।

रुसले आइतवार राति कुर्स्क क्षेत्रबाट १३ वटा ड्रोन प्रक्षेपण गरी किरोभोहराद, खार्किभ, सुमी र पोल्टाभा क्षेत्रमा खसालेको युक्रेनी समाचार एजेन्सी (युक्रिनफर्म) ले युक्रेनको वायुसेना कमान्डर लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै जनाएको छ ।

सन् २०२२ देखि रुस र युक्रेनबीच द्वन्द्व जारी छ । दुवै पक्षले कति क्षति ब्यहोरे भन्ने विषयमा विवादास्पद रिपोर्टहरू आएका छन् । प्रत्येक पक्षले अर्कोलाई गम्भीर क्षति पुर्याएको दाबी गर्ने गरेका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link