अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले आक्रमणमा मारिएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।
हिंसाको बारेमा कुरा गर्दै बाइडेनले भने- ‘हामी यो बाटोमा जान सक्दैनौं । यसमा हामी पनि जानु हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौं ।’
ओभल अफिसबाट दश मिनेटभन्दा कमको सम्बोधनमा उनले राष्ट्रिय एकतामा जोड दिए ।
यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूमाथि लगाइएको आरोपबारे केही भनेनन् । धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पविरूद्ध विभाजनकारी भाषणलाई बढावा दिएको आरोप लगाएका छन् ।
एक बन्दुकधारीले आइतबार ट्रम्पमाथि गोली प्रहार गरेका थिए । गोली ट्रम्पको धेरै नजिक पुगेको थियो । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपालमा डिजिटल प्लेटफर्म गभर्नेन्सबारे सरोकारवालाहरू माझ छलफल
- कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित
- जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
- केराखेतीबाटै चौधरीले कमाउँछन् वार्षिक १४ लाख
- प्रजातन्त्र सेनानी मुकुन्द शर्माको जीवनी प्रकाशित
- म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
- दही बेचेरै घर चलाउँछन् लक्ष्मण यादव
- बाह्र वर्ष अघि निर्माण सुरु भएको सगरमाथा हवाई मैदान अलपत्र
- दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
- गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु