धरानको पूर्वेली न्यूजमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले हर्क साम्पाङका ५ जना समर्थक पक्राउ गरेको छ।
स्वास्थ्य परिक्षण र उपचारको लागि बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकी धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई धरानका मेयर हर्क साम्पाङगका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो। विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाकाविरुद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन्। पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ। पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
- रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल २०२५ उपाधि
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
