बेलायतमा गत साता सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म झण्डै ४०० जना पक्राउ परेका छन् ।
राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ ।
यसअघि प्रधानमन्त्री किएर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए।
प्लाइमाउथमा प्रहरीले हिंसात्मक प्रदर्शनका क्रममा धेरै प्रहरी अधिकारीहरू समेत घाइते भएको बताएको छ।
बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा गरिएको डान्स पार्टीमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएपछि हिंसात्मक प्रदर्शन भएका हुन् ।
यस प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूह आमनेसामने भएको समाचारमा जनाइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
