अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध जासुसीको अभियोगमा मुद्दा दायर गरेका छन् ।
अमेरिकामा बस्ने ६७ वर्षीय युआनजुन ताङले चीनको गुप्तचर एजेन्सीका लागि काम गरेको आरोपसहित मुद्दा दायर गरिएको हो ।
ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको थियो । उनीमाथि एफबीआईविरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ ।
बुधवार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, ‘ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।’
ताङमाथि ई-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाटलगातार सन्देश पठाएको आरोप छ।
यसबाहेक, उनले लगातार चिनियाँ सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै आएको पनि अभियोग पत्रमा उल्लेख रहेको बीबीसीले समाचार लेखेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
