खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
“यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्”, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, “त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ ।”
खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको थियो ।
इस्लामिक कानूनको कडा व्याख्या लागु गर्दै तालिबान अधिकारीहरू सन् २०२१ मा सत्तामा फर्किएका थिए । उनीहरूले हालै नैतिकता कानूनलाई अनुमोदन गरेका छन् । यसमा व्यवहार र पोशाकमा धेरै नियमलाई औपचारिक रूप दिइएको छ । कानूनमा पुरषहरूले घुँडाभन्दा माथि कमिज लगाउन नपाइने व्यवस्था गरिएको छ ।
मार्शल आर्ट अफगानिस्तानमा लोकप्रिय खेल हो । पेरिस खेलमा राष्ट्रिय वा शरणार्थी ओलम्पिक टोलीमा भाग लिने ११ अफगानमध्ये चार जना मार्शल आर्टका खेलाडी थिए ।
सुरक्षा चिन्ताका कारण एमएमएलाई ओलम्पिक खेलका रूपमा मान्यता दिइएको छैन ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
