पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय पत्रिका पोस्ट–कुरियरका अनुसार मुलुकको सबैभन्दा ठूलो सुन भण्डारमध्येको एक एन्गा प्रान्तको पोर्गेरा उपत्यकामा अवैध दुई खानी समूह एकआपसमा लड्दा गत साता एउटा समूहले अर्को समूहका दुई जनालाई मारेको थियो ।
दुई स्थानीय खानी कामदारसहित करिब ३० व्यक्तिको मृत्यु भएको छ । प्रत्येक दिन मृतकको सङ्ख्या लगातार बढ्दै गएको छ । पोर्गेरामा पाँच हजारभन्दा बढी मानिसको सामूहिक पलायन भएको बताइएको छ ।
प्रहरी आयुक्त डेभिड म्यानिङले पोर्गेराका पूर्वाधार र बासिन्दाहरूको सुरक्षाका लागि आपत्कालीन आदेशहरू घोषणा गरिएको बताउनुभयो ।
पोर्गेरा खानीलगायत महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न प्रहरीले लडाकूहरूलाई हटाउन बलको वैध प्रयोग बढाइने उहाँले जानकारी दिनुभयो ।
“सुरक्षा कर्मचारीहरूले निर्दोषहरूको सुरक्षा गर्न उपयुक्त भएमा वैध घातक बल प्रयोग गर्नेछन् । यसको मतलब सार्वजनिक रूपमा आपत्तिजनक हतियार बोक्ने कुनै पनि व्यक्तिलाई खतरा मानिनेछ र तदनुसार बल प्रयोग गरी व्यवहार गरिनेछ”, म्यानिङले भन्नुभयो, “हामीसँग जमिनमा मोबाइल स्क्वाड, डग स्क्वाड र सेक्टर रेस्पोन्स युनिटका साथै पपुवा न्यु गिनी डिफेन्स फोर्सका कर्मचारीहरू सहित एक सय २२ सुरक्षाकर्मी छन् ।”
एन्गाका गभर्नर पिटर इपाटासले आइतबार सरकारलाई पोर्गेरा उपत्यकामा आदिवासी हिंसाको वृद्धिका कारण आपत्कालको अवस्था लागू गर्न आह्वान गर्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- मौसम खुलेसँगै बढ्यो पर्यटकीय चहलपहल
- अस्ट्रेलियालीमा १० प्रतिशत पुरुषले घरेलु हिंसामा कारबाहीको सामना गर्दछन्– अध्ययन
- विद्युत् व्यापार सम्झौता: नेपाल र बङ्गलादेशबीच सघन छलफल
- जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ
- यात्रा इजाजतप्राप्त हतियारसमेत सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने
- किन हुन्छ बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती ?
- फोन सम्पर्कका लागि झ्यालमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
- नेपालमा डिजिटल प्लेटफर्म गभर्नेन्सबारे सरोकारवालाहरू माझ छलफल
- कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित