इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको मृत्यु र लगभग तीन हजार व्यक्ति घाइते हुने घटनामा कुनै टिप्पणी गरेको छैन तर लेबनानको मोर्चालाई समावेश गरिएको गाजामा आफ्नो युद्धको दायरा विस्तार गर्ने बताएको छ ।
लेबनानलाई आतङ्कित बनाउने मङ्गलबार र बुधवारको आक्रमणपछि नसरल्लाहले आक्रामक स्वरमा प्रतिशोधको चेतावनी दिनुभयो ।
आक्रमणलाई सम्भावित ‘युद्धको कार्य’ का रूपमा वर्णन गर्दै उहाँले इजरायलले ‘कठोर प्रतिशोध र न्यायपूर्ण सजाय’ को सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।
‘युद्ध अपराध वा युद्धको घोषणा हुन सक्थ्यो’ भन्दै उहाँले आक्रमणलाई ‘नरसंहार’ भन्नुभयो । उहाँले इजरायलले ‘दुई मिनेटमा कम्तीमा पाँच हजार मानिसलाई मार्न चाहेको’ आरोप लगाउनुभयो ।
उहाँले गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने प्रतिज्ञा गर्नुभयो । “यति धेरै रगत बगे पनि गाजामा आक्रमण बन्द नभएसम्म लेबनानको मोर्चा रोकिँदैन”, उहाँले भन्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दाङबाङ गाउँ
- सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित
- मान्म बजार
- मेची-महाकाली राष्ट्रिय उद्धार अभियान भक्तपुरमा
- ट्रम्पको सजाय नोभेम्बर १९ सम्मका लागि स्थगित
- भारतीय दलालको चंगुलमा नेपाली श्रमिक
- रुप फेर्ने रुपाताल !
- भुस पोल्ने पर्व !
- ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा
- आजदेखि कोप–२९, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल