“प्यालेस्टिनी रेड क्रिसेन्ट टोलहरूले इजरायली कब्जामा रहेको दीर अल–बलाहको रफिदा विद्यालयलाई सेनाले लक्षित गर्दा २८ मृतक र ५४ घाइतेलाई सहयोग गरेका छन्”, संस्थाले भनेको छ । गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले वक्तव्यमा समान मृत्यु सङ्ख्या उपलब्ध गराएको छ ।
‘रफिदा विद्यालयको रूपमा पहिले प्रयोग भएको परिसरभित्र रहेको कमान्ड–एन्ड कन्ट्रोल केन्द्रबाट’ सञ्चालन गरिरहेका प्यालेस्टिनी लडाकूहरूलाई आक्रमणले लक्षित गरेको इजरायली सेनाले एक वक्तव्यमा बताएको छ ।
सेनाले मृतकको सङ्ख्या उपलब्ध नगराए पनि कमान्ड–एन्ड–कन्ट्रोल केन्द्र ‘आइडिएफ (सेना) सैनिक र इजरायल राज्यविरुद्ध आतङ्कवादी आक्रमणहरूको योजना बनाउन र कार्यान्वयन गर्न’ प्रयोग गरिरहेको बताएको छ ।
बिहीबारको आक्रमणमा गाजामा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएको इजरायली आक्रमणहरूको शृङ्खलामा पछिल्लो थियो । गाजामा एक वर्षभन्दा बढी समयदेखि लडाइँ जारी छ ।
गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार सेप्टेम्बर २६ मा उत्तरी गाजाको जबालिया शिविरमा अर्को विद्यालय–बनेको आश्रयस्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । इजरायली सेना हाल जबालियामा गहन अभियानमा संलग्न छ ।
इजरायली सेनाले हमासलाई हजारौँ गाजाबासीले आश्रय लिएका विद्यालयहरू भवनहरूमा लुकेको आरोप लगाएको छ । उक्त आरोपलाई हमासले अस्वीकार गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
