२०२४ को निम्ति अर्थाशास्त्र्को विधामा तीन जना अर्थशास्त्रीहरूलाई नोबेल पुरस्कारबाट सम्मानीत गरियो। ति अर्थशास्त्रीहरु हुन- डेरोन एसिमोग्लु, साईमोन जोन्सोन र जेम्स रोबिन्सोन।
‘संस्थाहरू कसरी बिकसित हुन्छन र बलियो संस्थाले कसरी सम्पन्नता अथवा आर्थिक प्रगतीलाई प्रभाव पार्छ भन्ने बिषयमा यी अर्थशास्त्रीहरूको अध्यनलाई यो वर्षको नोवल प्रदान गरिएको हो।
नोवेल पुरस्कार प्राप्ती पश्चात युरोप र अमेरिकन प्रेसमा मात्र देखिएका जोन्सोनलाई नेपालबाट सन्चालित सुमितको पडकास्टको टक शो मा ल्याउन उनी सफल भएका छन्।
सुमितको कार्यक्रम नेपालबाट संचालित हुने एक मात्र यस्तो कार्यक्रम भएको छ जसले विश्वविख्यात व्यक्तित्वहरूलाई निम्त्याउने गरेको छ।
यस अघि पनि उनले आफ्नो कार्यक्रममा नोबेल पुरस्कार बिजेता सर रिचर्ड जे रोबर्ट्स; वर्ल्ड फुड प्रायिज बिजेता रत्तन लाल; पुलित्जर पुरस्कार बिजेता काई बर्ड; विश्वविख्यात पर्यावरण बैज्ञानिक तथा च्याम्पियन ओफ द अर्थबाट सम्मानीत क्याथेरिन हेहो; विश्व स्वास्थ्य संगठनकी ग्लोबल डाईरेक्टर डा. मारिया नियेरा; टोस्टमास्टर्स अन्तरास्ट्रिय २०२४-२०२५ की अध्य्क्ष राधी स्पेअर्स जस्ता विश्वविख्यात व्यक्तित्वहरूलाई निम्त्याई सकेका छन्।
नोबेल बिजेता साईमोनले कार्यक्रमको प्रशंशा
पुरा कार्यक्रम हेर्न लिङ्क: https://www.youtube.
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
- मे २९ – अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
- कस्तो छ बजेट आउने दिनमा विदेशी मुद्राको विनिमय दर ?
- गण्डकी प्रदेशका नौ अस्पताल स्तरोन्नति हुँदै
- सुडानमा हैजाको प्रकोप: एकै हप्तामा १७२ जनाको मृत्यु
- पर्यटक प्रवर्द्धनका लागि पार्क सञ्चालन
- पढाइसँगै सीप सिकाउँदै विद्यालय
- फोहरलाई मोहरमा बदल्दै युवा
- लुलु गाईको संरक्षणमा ध्यान नपुग्दा लोपोन्मुख अवस्था
