लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् ।
सिरियाबाट विस्थापित नागरिक स्वदेश फर्किन थालेपछि सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडरसनले सिरियाका लागि आर्थिक सहयोग बढाउन आह्वान गर्नुभएको छ ।
सिरियाली विदेशमन्त्री बासम साबबागसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै पेडरसनले भन्नुभयो, “सरकारले अहिलेसम्म जे गरेको छ त्यही गर्न र फर्कनेहरूलाई संरक्षण र सुरक्षा प्रदान गर्ने कार्य जारी राख्नुपर्छ।”
उहाँले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी पूरा गरेको र यो अत्यन्तै कमजोर परिस्थितिमा सिरियालाई आफ्नो आर्थिक सहयोग बढाउन आवश्यक छ ।
सिरियाले सामना गरिरहेको व्यापक चुनौतीमाथि प्रकाश पार्दै पेडरसनले भन्नुभयो, “हामीले राजनीतिक स्थिति, सुरक्षा स्थिति, सिरियाको सार्वभौमिकता र स्वतन्त्रताको पुनस्र्थापनालाई सम्बोधन गर्न आवश्यक छ।”
सिरियामा सन् २०११ को मार्चदेखि गृहयुद्ध चलिरहेको छ जसका कारण लाखौं मानिस विस्थापित भएका छन् । लेबनानजस्ता छिमेकी मुलुकबाट शरणार्थीहरूको स्वदेश फिर्तीले देशको पहिलेदेखि नै सङ्घर्षरत पूर्वाधारमा दबाब थपेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
