पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिए ।
उनले भने, “हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण गर्ने योजना बनाएका छौँ । यसले धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।” यसअघि ती घण्टीहरूलाई बोलपत्र आह्वान गरी बिक्री गर्ने तयारी गरिएको भन्दै स्थानीय बासिन्दा, आगन्तुकको सल्लाह र सुझावका आधारमा प्रवेशद्वार निर्माण गर्ने निर्णय गरिएको उनले बताए ।
पाथीभरा क्षेत्र विकास समितिले पुराना र पुरातात्त्विक महत्वका घण्टीहरूलाई भने संरक्षण गरेर राख्ने जनाएको छ । यसले पाथीभरा क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरलाई जोगाउने र भावी पिँढीलाई पाथीभरा र यहाँका पुरातात्त्विक वस्तुको महत्त्व बुझाउन मद्दत पुग्ने समितिको विश्वास छ ।
घण्टीको प्रवेशद्वार निर्माणले पाथीभरा पदमार्गलाई थप आकर्षक बनाउनुका साथै धार्मिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने विश्वास लिइएको कार्यकारी निर्देशक हाङबाङले बताए । उनका अनुसार हाल पाथीभरामा करिब ५० क्विन्टलभन्दा बढी घण्टी छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
