डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा दुई साताअघि ‘हस मनी’ मुद्दामा सजाय सुनाइने भएको छ । न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने छन् ।
न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन, जरिवाना वा सशर्त रिहाइ दिने सङ्केत गरेका छन्। नवनिर्वाचित राष्ट्रपतिले सजायको समयमा व्यक्तिगत रूपमा वा भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।
ट्रम्पले आफू विरुद्धको मुद्दा खारेज गर्न आफ्नो चुनावी जीत प्रयोग गर्ने प्रयास गरे। उनको टोलीले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र ‘अराजक’ मुद्दालाई तुरुन्त ‘खारेज’ गरिनुपर्ने भनेको छ।
गत वर्षको मेमा, ट्रम्पमाथि वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप बस्नका लागि १.३ मिलियन डलर तिरेको अभियोग लगाइएको थियो। यो रकम ट्रम्पले पूर्व वकिल माइकल कोहेनलाई दिएका थिए, जसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्नका लागि यो रकम वयस्क फिल्म स्टारलाई दिएका थिए।
ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्दैछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
