अमेरिकी राष्ट्रपति जो बाइडेनले जाँदाजाँदै इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने योजना बनाएका छन् । अमेरिकी विदेश विभागले इजरायललाई ८ अर्ब डलर अर्थात् ६.४ अर्ब पाउण्ड बराबरका हतियार बेच्ने योजनाबारे कंग्रेस समेतलाई सूचना दिइसकेको बीबीसीले उल्लेख गरेको छ ।
हतियारहरुको खेप पठाउनका लागि सदन अर्थात् सिनेटबाट अनुमोदन गरिनुपर्ने व्यवस्था छ । त्यसरी इजरायललाई बेच्न लागेका हतियारमा नयाँ प्रविधिको शिपमेन्टमा हवाई हमला गर्ने क्षेप्यास्त्र, हेलफायर क्षेप्यास्त्र र तोपखानाका गोला तथा अन्य युद्ध सामग्रीहरु छन् ।
गाजामा युद्धका दौरान मारिएका नागरिकहरुका कारण वाशिंटनले इजरायलका लागि सैन्य समर्थन निलम्बित गर्ने माग समेतलाई खारेज गरिदिएको छ । गएको अगस्तमा मात्रै अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकू विमान र अन्य सैन्य उपकरण बेच्ने अनुमति दिएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले आफुहरु इजरायलको रक्षाका लागि आवश्यक सहयोग जारी राख्ने बताएका छन् । अमेरिका नै हालसम्म इजरायलका लागि सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूट (एसआईपीआरआई)का अनुसार २०१९ र २०२३ का बिच इजरायलको प्रमुख पारम्परिक हतियारको आयातमा अमेरिकाको हिस्सा ६९ प्रतिशत थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
