कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । साथै सहकारीको रकम ठगी एवं अपचलनको आरोपमा पक्राउ परेका सातै जनालाई जिल्ला अदालत, कास्कीले धरौटीमा छाड्ने आदेश भएको छ ।
त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यस्तै, लिला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो
समर्थकहरुमाझ खुसीको माहोल
रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि समर्थकहरूले खुसीयाली मनाएका छन् । अदालतको आदेशपछि रविका समर्थकले खुशीयालीमा अदालत अगाडि नाराबाजी गरेका छन् । उनीहरुले यो जीत कसको जनताको, रवि दाइ हाइहाइ नारा लगाएका छन् । बिहीबार नै आदेश आउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता अदालत परिसर पुगेका थिए ।
साथै पोखरास्थित अदालत नजिकै भेला भएका समर्थकहरूले रविको पक्षमा चर्को नाराबाजीसहित खुसीयाली मनाएका हुन् । ‘न्यायालयलाई धन्यवाद, रवि दाइ जिन्दावाद । रवि दाइ हाईहाई, भ्रष्टाचारी बाईबाई, यो जित कसको जनताको…’लगायतका नारा समर्थकहरूले लगाएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वडाध्यक्षको तरकारीखेती मोह
- सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर
- जिमी कार्टरको राजकीय अन्त्येष्टिमा अमेरिकी शोक
- उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
- खोटाङकाे बुइपामा कोक, जुस, वियरलगायत आयातित पेयपदार्थमा प्रतिबन्ध
- अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु
- सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
- पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
- हमासलाई ट्रम्पको चेतावनी