भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको आयोजना अन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र बागलुङको जैमिनी नगरपालिका–८ को सिमाना पालुङखोलादेखि मालढुङ्गासम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ ।
उक्त खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इञ्जिनीयर अरुण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ,भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उहाँको भनाइ छ ।
पालुङखोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का÷कृष्ण÷बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इञ्जिनीयर खत्री बताउनुहुन्छ । उहाँले भन्नुभयो , “बागलुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुनसकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि काम चाहीँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मी याम सुरु भयो भने काम हुने छ ।”
कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ ।
जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ । तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवद्र्धनमो ठूलो टेवा पु¥याउने उहाँको भनाइ छ ।
“कोरिडोर एउटा देशमा मात्रै छैन, यसले तीन वटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठूला सहर पोखरा, बुटवल र भैरवाहसँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास हुँदै गएको छ,” उहाँले भन्नुभयो– “अब गाउँमा उत्पादन भएका वस्तु सहज रुपमा बजारीकरण हुने छन् भने व्यावसायिक वातावरण तयार भएर बसाइँसराइ रोकिने छ, कोरिडोर पैसा बोकेर आएको अब यसलाई समात्न सक्ने क्षमता हामीहरुले राख्नुपर्छ ।”
नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुङ्गा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवाह र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइ दिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भारतमा चिकित्सकको बलात्कारपछि हत्या काण्ड: रोयलाई आजीवन कारावास
- गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद
- युद्धका कारण इजरायलका उच्च प्रविधि कम्पनीमा पुँजीको अभाव
- सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन
- मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीको उपद्रो
- चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
- नाइजेरियामा इन्धन बोकेको ट्रक विस्फोट हुँदा ७० जनाको मृत्यु
- महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन
- सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’
- दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव