रियाल मड्रिड, पेरिस सेन्ट जर्मेन पीएसजी र बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । वुधबार राती भएको नकाउट चरण प्लेअफ दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोली अन्तिम १६ मा पुगेका हुन् ।
बुधबार राति भएको प्लेअफको दोस्रो लेगमा म्यान्चेस्टर सिटीमाथि ३ -१ को जित निकाल्दै समग्रमा ६-३ को नतिजाले रियल अन्तिम १६ मा पुगेको हो । हारसँगै सिटी भने बाहिरिएको छ । दोस्रो लेगमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेसँगै रियालले सजिलै नकाउट चरण पार गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियलका लागि चौथो मिनेटमै गोलको खाता खोलेका एमबापेले ३३औं र दोस्रो हाफको ६१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा निकोलस गोन्जालेजले सिटीका लागि सान्त्वना गोल फर्काए ।
पेरिस सेन्ट जर्मेनपनि र बोरुसिया डर्टमण्ड पनि अन्तिम १६ मा
उता, फ्रान्सको पेरिस सेन्ट जर्मेनले आफ्नै होम टाउनको ब्रेस्टलाई फराकिलो अन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गर्यो । पहिलो लेगमा ३-० को सहज जित निकालेको पीएसजीले दोस्रो लेगमा ७-० को फराकिलो जित निकाल्दै समग्रमा १०-० को विशाल गोल अन्तरले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
जर्मनीको बोरुसिया डर्टमण्ड दोस्रो लेगमा बराबरीले सम्हालिदै अन्तिम १६ मा पुगेको छ । नकआउट चरण प्लेअफको पहिलो लेग ३-० ले जितेको डर्टमण्डले वुधबार राती पोर्चुगलको स्पोर्टिङ सीपीसँग गोल रहित बराबरी खेलेको हो । योसँगै च्याम्पियन्स लिगमा प्लेअफबाट अन्तिम १६ मा पुग्ने आठ टोलीको टुंगो लागेको छ।
बायर्न म्युनिख, क्लब ब्रुग र बेनिफि पनि अन्तिम १६ मा
बायर्न म्युनिख, बेल्जियमको क्लब ब्रुग र पोर्चुगलको बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् ।
मंगलबार राती नकआउट चरण प्लेअफ दोस्रो लेगमा सपलता हासिल गर्दै यी टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका हुन् ।
बायर्न मुनिखले स्कट ल्याण्डको सेल्टिकसँग १-१ को बराबरी गर्दा समग्रमा ३-२ ले जित हासिल गर्यो । पहिलो लेग २-१ ले जितेका कारण बायर्न अन्तिम १६ मा पुगेको हो ।
इटालीको एटलान्टालाई ३-१ ले हराएको क्लब ब्रुगले समग्रमा ५-२ को जितसंगै अन्तिम १६ मा प्रवेश गर्यो । बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई ३-३ को बराबरीमा रोकेर समग्रमा ४-३ को जितसंगै अन्तिम १६ को यात्रा तय गरेको हो ।
युभेन्ट्स र एसी मिलान नकआउट चरणबाटै बाहिर
इटालियन बलियो टोली युभेन्ट्सको च्याम्पियन्स लिग यात्रा टुंगिएको छ । नकआउट चरण प्लेअफको दोस्रो लगेमा ३-१ ले पराजय भएसँगै युभेन्ट्सको यात्रा टुंगिएको हो ।
पहिलो लेग २-१ ले आफ्नो पक्षमा पारे पनि दोस्रो लेगमा हार भएपछि युभेन्ट्स समग्रमा ४-३ ले पछि परेको हो ।
युभेन्ट्सका लागि टिमोथी वाशले जम्मा एक गोल गरे । आइन्दोभेनका लागि रयाल फ्लामिंगो, इस्माएल सैबारी र इभा पेरिसिकले एक–एक गोल गरे ।
साथै मंगलबार राती भएको नकआउट चरण प्लेअफ अन्तर्गत दोस्रो लेगमा नेदरल्याण्ड्सको फेयनूर्डसँग १-१ को बराबरी खेलेसँगै एसी मिलानको यात्रा टुंगिएको हो ।
समग्रमा एसी मिलान २-१ ले पछि पर्दै च्याम्पिन्स लिगको नकआउट चरणबाट बाहिरिएको हो । यसअघि पहिलो लेगमा मिलान १-० ले हारेको थियो । मंगलबार राती मिलानका लागि सान्टियागो गिमिनेजले एक गोल गरे भने फेयनूर्डका जुलियन कर्राजाले बराबरी गोल फर्काए ।
यससंगै च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक हुनेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रोल्पाको भलबाङ गाउँ र माडिखोला
- सेताम्मे चाङफुइ हिमाल
- पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
- नेतन्याहुमाथि सिरी र केटाहरूलाई ‘त्यागेको’ बिबास परिवारको आरोप
- देशका अधिकांश भागमा मौसम सफा रहने
- केबलकारको विषयमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते
- मेक्सिकोले कार्टेलविरुद्धको लडाईंमा अमेरिकी ‘आक्रमण’ स्वीकार नगर्ने
- २०२४ मा रुसमा एक हजार ७५ जनालाई आतङ्कवादी अभियोगमा सजाय : पुटिन
- ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
- आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी
