राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेन आक्रमणका क्रममा भएको व्यापक अभियोजनको सिलसिलामा गत वर्ष रुसी सैन्य अदालतहरूले एक हजारभन्दा बढी व्यक्तिलाई आतङ्कवादी आरोपमा सजाय सुनाएको बताउनुभएको छ।
रुसका गोप्य सैन्य अदालतहरूले पक्राउ परेका युक्रेनी सैनिकहरू, किएभसँग काम गरेको वा मस्कोको सेनालाई तोडफोड गरेको आरोप लागेका रुसीहरू, क्रेमलिनका घरेलु विरोधीहरू र कथित कट्टरपन्थी र आतङ्कवादी समूहहरूमाथि मुद्दा चलाउँछन् ।
“आतङ्कवादी प्रकृतिका फौजदारी मुद्दाहरूको फैसला गर्न सैन्य अदालतहरूको महत्त्वपूर्ण भूमिका छ”, रुसका शीर्ष न्यायाधीशहरूलाई सम्बोधन गर्दै पुटिनले भन्नुभयो, “गत वर्ष करिब नौ सय ५० यस्ता मुद्दाहरू हेरिएका थिए र एक हजार ७५ जनालाई सजाय दिइएको थियो ।”
रुसले नियमित रूपमा युक्रेन आक्रमणको विरोध गर्नेहरूका साथै पक्राउ परेका युक्रेनी सैनिकहरूलाई राजद्रोह र आतङ्कवादी आरोपमा सजाय दिने गर्छ ।
जेनेभा महासन्धिले युद्धबन्दीहरू (पिओडब्लु) लाई सशस्त्र कारबाहीमा भाग लिएको आरोपमा अभियोजन गर्न निषेध गर्छ ।
मस्कोले सन् २०२४ मार्चमा मस्को कन्सर्ट हलमा भएको नरसंहारपछि कथित जिहादी कक्षहरूलाई पनि लक्षित गरेको छ । इस्लामिक स्टेटले दावी गरेको उक्त आक्रमणमा एक सय ४५ जनाको मृत्यु भएको थियो ।
घरेलु दमन सोभियत युगदेखि नै नदेखिएको स्तरको छ ।
ओभिडी–इन्फो अधिकार समूहले हाल रूसी जेलमा ‘राजनीतिक कारण’ का लागि एक हजार चार सय जनालाई पहिचान गरेको छ भने अभियोजकहरूले अन्य कुनै पनि आरोपभन्दा बढी ‘आतङ्कवाद’ को आरोप प्रयोग गरेका छन् ।
यस्ता मुद्दाहरू सैन्य र नागरिक दुवै अदालतमा सुनुवाइ गरिन्छ । प्रायः बन्द इजलासमा, जसले दमनको वास्तविक मात्रा पत्ता लगाउन कठिन बनाउँछ ।
बिहीबार पुटिनले रुसी न्यायाधीशहरूको ‘समर्पण’ को प्रशंसा गर्नुभयो ।
उहाँले रुसले पूर्वी युक्रेनको कब्जामा रहेका भागहरूमा एक सय अदालत सिर्जना गरेको र पाँच सय ७० न्यायाधीश नियुक्त गरेको पनि बताउनुभयो । त्यहाँ मस्कोले अज्ञात सङ्ख्यामा युक्रेनीहरूलाई सैन्य आक्रमणको विरोध गरेको आरोपमा जेल हालेको छ ।
“तिनीहरू संयुक्त रूसी न्यायिक प्रणालीमा पूर्ण रूपमा एकीकृत छन्”, रुसको सर्वोच्च अदालतकी प्रमुख इरिना पोड्नोसोभाले पुटिनलाई भन्नुभयो
उनले युक्रेन अभियानका क्रममा सैन्य अदालतमा समग्र मुद्दाहरूमा तीव्र वृद्धि भएको बताउनुभयो ।
सन् २०२२ मा रुसले कब्जा गरेको चार युक्रेनी क्षेत्रहरू–डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझ्जियामा रुसले स्थापना गरेको अदालतले युक्रेनीहरूलाई सजाय सुनाएको बारेमा थोरै मात्र थाहा छ ।
रुसी अदालतहरू न्यून सफाइ दरका लागि चिनिन्छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रोल्पाको भलबाङ गाउँ र माडिखोला
- सेताम्मे चाङफुइ हिमाल
- पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
- नेतन्याहुमाथि सिरी र केटाहरूलाई ‘त्यागेको’ बिबास परिवारको आरोप
- देशका अधिकांश भागमा मौसम सफा रहने
- केबलकारको विषयमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते
- मेक्सिकोले कार्टेलविरुद्धको लडाईंमा अमेरिकी ‘आक्रमण’ स्वीकार नगर्ने
- ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
- आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी
- म्यान्सिटीलाई हराउदै रियाल मड्रिड च्याम्पियन्स लिगकोअन्तिम १६ मा
