मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुनको अपिल मङ्गलबार सुरु भएको छ । तीन महिनापछि उनले छुट्टै मुद्दामा मृत्युदण्ड विरूद्धको चुनौती गुमाएकी थिइन् ।
रियल स्टेट व्यवसायी ट्रुङ माई लानलाई सन् २०२४ अप्रिलमा साइगन वाणिज्य बैंक (एससिबी) बाट पैसा चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो र २७ अर्ब डलरको ठगी गरेको आरोपमा मृत्युदण्ड सजाय सुनाइएको थियो ।
लानले त्यस फैसलाविरुद्ध अपिल गर्नुभयो र अदालतले उहाँको सजाय घटाउने कुनै आधार नभएको बतायो । यद्यपि अदालतले चोरी गरिएका सम्पत्तिको तीन चौथाई फिर्ता गरे मृत्युदण्डबाट उम्कन सक्ने बतायो ।
अहिले उहाँले अक्टोबरमा भएको दोस्रो मुद्दाको फैसलाविरुद्ध अपिल गरिरहनुभएको छ । उक्त मुद्दाको फैसलामा उहाँलाई तीन वटा अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको थियो ।
मङ्गलबार उच्च–प्रोफाइल सुनुवाइमा अभ्यस्त लानले प्रहरी अधिकारीहरूसँग कुराकानी गर्नुभयो र हो ची मिन सिटीमा अदालत सुरु हुने पर्खाइमा अपेक्षाकृत सहज देखिनुभएको थियो ।
प्रहरी अधिकारीहरूको घेराबीच उहाँकी भतिजी उहाँको पछाडि बस्नुभएको थियो । भतिजीलाई अक्टोबरमा सम्पत्ति ठगीका लागि पाँच वर्षको जेल सजाय दिइएको थियो ।
अक्टोबरमा मनी लन्ड्रिङको आरोपमा उहाँलाई दिइएको दुई वर्षको सजाय स्वीकार गरिसक्नुभएका उहाँका पति चु न्याप कीबिना लान अदालतमा परेको यो पहिलो पटक हो ।
राज्य मिडियाका अनुसार अपील अप्रिल २१ सम्म चल्नेछ र लानको बचाउ आठ वकिलले गर्नेछन् ।
अठसठ्ठी वर्षीया लानलाई १७ अर्ब ७० करोड मनी लन्ड्रिङ र चार अर्ब ५० करोड डलरको गैरकानूनी सीमापार कारोबारको दोषी ठहर गरिएको छ । उहाँमाथि एक अर्ब २० करोड डलर ठगी गरेको अभियोग पनि लागेको थियो ।
लान ‘मुख्य योजनाकार हुनुहुन्थ्यो, परिष्कृत तरीकाले, धेरै पटक अपराध गर्नुभयो, जसले विशेष रूपमा गम्भीर परिणामहरू ल्याउनुभयो’ भन्ने अदालतले निर्धारण गरेको छ ।
अन्य ३३ अभियुक्तलाई पनि हो ची मिन सहरको अदालतमा सजाय दिइएको थियो र उनीहरूलाई दुईदेखि २३ वर्षसम्मको जेल सजाय दिइएको थियो ।
तीमध्ये २७ जनाले आफ्नो सजायविरुद्ध अपिल गरिरहेको सरकारी मिडियाले बताएको छ ।
अप्रिलमा पहिलो सुनुवाइका बेला लानलाई १२ अर्ब ५० करोड डलर हिनामिना गरेको दोषी ठहरिएको थियो तर अभियोजन पक्षले यो ठगीले कुल २७ अर्बको क्षति पु¥याएको बताएका छन् जुन देशको सन् २०२३ को कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब छ प्रतिशत बराबर हो ।
लानसँग एससिबीमा कागजी रूपमा मात्र पाँच प्रतिशत शेयर थियो तर अदालतले परिवार, साथी र कर्मचारीहरूमार्फत उहाँले प्रभावकारी रूपमा ९० प्रतिशत नियन्त्रण गर्नुभएको निष्कर्ष निकालेको छ ।
बैंकमा आफ्नो बचत निक्षेप गरेका दशौँ हजार मानिसले पैसा गुमाएका थिए । यसले साम्यवादी राष्ट्रलाई स्तब्ध बनाउँदै दुर्लभ विरोध प्रदर्शनहरू गर्न पीडितहरूलाई प्रेरित गरेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तीनकुने घटनामा दिवङ्गत पत्रकार रजकलाई लुम्बिनीमा श्रद्धाञ्जली
- बिपी राजमार्ग : वैकल्पिक सडक निर्माण गरिँदै
- किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
- म्यान्मामा भूकम्पः मृतक सङ्ख्या दुई हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा
- नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
- मकै छोडेर कफीखेतीमा महाभारतका किसान
- ईरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
- ढोरपाटनमा सुरु भयो सिकार याम
- म्यान्माको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो
- मर्चवार लिफ्ट सिंचाइको निर्वाचन: उपाध्यक्ष निर्विरोध, ३ पदका लागि मतदान हुने
