अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत भन्सार कर लगाएपछि चीनले कडा प्रतिक्रिया दिएको छ । एक चिनियाँ अधिकारीले भनेका छन् कि चीन ‘चुप लागेर बस्ने छैन’।
अमेरिकाले चीनमाथि १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि बदला लिएको थियो । चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सामानमा ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत कर लगाउने गर्ने घोषणा गरेको छ।
बदलामा ट्रम्पले चिनियाँ सामानहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएका छन् ।
‘आफ्ना जनताको अधिकार र हितलाई हानि पुग्दा चिनियाँ सरकार कुनै पनि हालतमा चुप लागेर बस्ने छैन,’ चीनको समाचार एजेन्सी सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘व्यापारिक अत्याचारमाथि विश्वव्यापी ऐक्यबद्धता विजयी हुन सक्छ ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
- रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल २०२५ उपाधि
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
