गाजामा युद्धविरामका लागि इजरायल र हमासबीच शनिबार नयाँ वार्ता सुरु भएको छ । वार्ताहरू पछि हमासले नयाँ युद्धविराम सम्झौताको एक भागको रूपमा थप इजरायली बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको अन्तरास्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख छ ।
इजरायली सेनाले गाजा पट्टीमा ठुलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि दुई बिचको यो कुराकानी सुरु भएको थियो। मिडिया रिपोर्टहरु अनुसार हमासले ६० दिने युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा नौ इजरायली बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ।
नयाँ सम्झौताले राहत सामग्री बोकेका ४०० ट्रकहरू गाजा प्रवेश गर्न अनुमति दिनेछ र गाजाबाट बिरामी मानिसहरूलाई बाहिर निकाल्न पनि अनुमति दिनेछ। यसको बदलामा इजरायलले बाँकी रहेका सबै बन्धकहरूको जीवित रहेको प्रमाण र उनीहरूको बारेमा सबै जानकारी उपलब्ध गराउन माग गरेको छ।
अर्कोतर्फ इजरायलले भने बाँकी रहेका सबै बन्धकहरूको जीवित रहेको प्रमाण र उनीहरूको बारेमा सबै जानकारी उपलब्ध गराउन माग गरेको छ ।
यो चरणको युद्धविराम वार्ता कतार र अमेरिकाका मध्यस्थकर्ताहरू मार्फत दोहामा भइरहेको छ । यो कुराकानी शनिबार दिउँसो सुरु भएको हो ।
इजरायलले प्रस्तावित सम्झौताको बारेमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन, तर वार्ता अघि उसले गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने वा युद्ध अन्त्य गर्ने कुनै वाचा नगर्ने बताएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
