एक त आँखा नदेख्ने। त्यसमाथि यस्तो गर्मी। कहिले बुढाले बुढीको हात समाएर तानेको छ त कहिले बुढीले बुढाको। साथमा एउटा लाठी छ अनि केही मुठा धुप वा अगरबत्ती। यो जोडी हो दिलबहादुर बुढा र नीरमाया प्याकुरेलको।
जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नं ३ महरी मा जन्मिएका दिलबहादुर बुढा जन्मजातै दृष्टिविहीन हुन्।उनी अहिले २३ वर्षको भए। उनी जन्मिएको ३ महिना पछि उनका आमा नन्दकली बुढा को मृत्यु भयो। लगतै उनका बुबा दिल बहादुर बुढाले पनि उनलाई ६ महिना पछि छोडेर गए। जन्मदै आमा बुबाको स्नेहा माया नपाएका दिलबहादुरलाई उनका दिदी दीवाकली बुढाले उनको हेरचाहा गरेको बताउँछन्। दिदी दीवाकलीले ११ वर्षको उमेरमा उनलाई जुम्ला जिल्लाको नराकोट स्कुलमा भर्ना गरिदिइन। त्यही ब्रेललिपि शिक्षा पाए उनले । दिदी दीवाकलीले दुखकष्ट सहेर पनि उनलाई १० वर्ष त्यहाँ पढाएको दिलबहादुर बताउँछन्।
दिलबहादुर हाल सानोठिमी भक्तपुर क्याम्पसमा वि एड दोस्रो वर्षमा शिक्षा तथा स्वास्थ्य विषयमा अध्ययन गर्दै आइरहेको छन्। क्याम्पस पढ्न जाँदा कहिलेकाँही साथीहरूले त कहिले लठ्ठीको सहारामा जाने गरेको बताउँछन्। क्याम्पसले भर्ना र परीक्षा शुल्क छुट गरिएको छ।
दृष्टिविहीन भएकै कारण आफूलाई कयौँ घरबेटीले घरभाडामा बस्न नदिएको बताउँछन्। महिना नबित्दै भाडा माग्न आउँदा आफूसँग भाडा तिर्न पैसा नहुँदा कोठाबाट निकालेको तिता अनुभव छ उनीसँग । भक्तपुरको मगरगाँउमा मासिक ५ हजार रुपैयाँ तिरेर एउटा साँघुरो र भुइँतल्लामा उनी र उनकी श्रीमती नीरमाया प्याकुरेल बस्दै आएका छन्। २२ वर्षकी नीरमाया प्याकुरेल पनि जन्मजातै दृष्टिविहीन हुन।
उनीहरूको दैनिकी जिविकोपार्जन धुप बेचेर हुन्छ। धुप बेचेर कहिले तीन सय, कहिले पाँचसय त कहिले सात सयसम्म हुने गरेको छ। दिन भरी धुप बेच्न निकै सास्ती हुने र कतिपयको गालीगलौच सहनु परेको बताउँछन् दिलबहादुर । “हामीले होलसेलबाट धुप ल्याएर पसलहरूमा एक प्याकेटको ७० देखि १०० रुपैयाँ सम्ममा बेच्ने गरेको छौँ। झोलामा ३० देखि ४० प्याकेट सम्म धुप बोकेर लठ्ठीको सहारामा हिड्न अलि गाह्रो हुन्छ,” दिलबहादुर भन्छन्, “कहिले पानी पर्दा वा बिरामी हुँदा धुप बेच्न जान सकिएन भने भोककै पनि सुत्नु पर्छ नि।”
दिलबहादुर भन्छन्, “विभिन्न संघसंस्था अनि युट्युबवालाले फोटो भिडियो खिचेर सहयोग गरिदिन्छु भनेर आश्वासन दिएँ। खै कसैले सहयोग गरेन। कसैले केही सहयोग नगरेको हुँदा आफू दृष्टिविहीन भएर खिल्ली उडाए झै लाग्छ।”
दिलबहादुरको निवेदन पनि छ, ” तपाईँले लेखेको मेरो कथा पढेर कसैले सहयोग गर्न चाहनुहुन्छ की? मेरो फोन नम्बर पनि राखिदिनुस् ल।” दिलबहादुरको नम्बर हो- ९८६६२१९९४४ र ९७६८९२४७९८ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो