अमेरिकामा धेरैजसो बालबालिकाको मृत्यु स्विमिङ पुलमा डुबेर हुने गरेको भेटिएको छ। डिसिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर्स (सिडिसी) का अनुसार एकदेखि चार वर्षसम्म बालबालिकाको मृत्युको प्रमुख कारण पानीमा डुब्नु रहेको छ।
धेरैजसो केसमा बालबालिका आफ्ना अभिभावकको पदचाप पछ्याउँदै कुनै हल्लाखल्ला नगरी पानीमा पस्छन्। स्विमिङ पुलबाहेक तलाउ र समुद्र तटमा पनि बालबालिकको मृत्यु हुने गरेको सिडिसीको भनाइ छ। विशेषगरी गर्मीको महिना जुलाईमा बढी मृत्यु हुने गरेको भेटिएको छ।
संयुक्त राष्ट्र संघले यसरी हुने मृत्यु रोक्न प्रभावकारी कदम उठान आग्रह गरेको छ। अमेरिका एउटा मात्रै यस्तो विकसित देश हो, जहाँ यो संकटबाट बच्न केन्द्रीय सरकारले कुनै योजना नै बनाएको छैन। सिडिसीको रिपोर्टमा भनिएको छ, ‘डुबेर हुने मृत्युदर सन् १९९० पछि एक तिहाइ कम भएको छ। तर २०२० मा मात्रै १६.८ प्रतिशत वृद्धि भएको छ। प्रत्येक वर्ष चार हजार बालबालिकको मृत्यु पानी डुबेर हुने सिडिसीले जनाएको छ।
त्यस्तै स्विमिङ पुलमा पाँचदेखि नौ वर्षका श्वेत बालबालिकाको तुलनामा अश्वेत बच्चा डुब्ने आशंक २.६ प्रतिशत रहेको बताइएको छ। १० र १४ वर्षका बालबालिकामा यो जोखिम ३.६ गुणा अधिक छ। यसैगरी एसियाली, हिस्पेनिक र मूल अमेरिकीको मृत्युको प्रतिशत पनि उल्लेख्य रहेको सिडिसीले जनाएको छ। इतिहासकार विल्टसेले स्विमिङ पुल हिस्ट्री नामक किताबमा श्वेत बालबालिकालाई अलग्गै स्विमिङ सिकाइने गरेको उल्लेख गरेका छन्।
ह्यारिस काउन्टी टेक्सासमा भएको एउटा अध्ययनमा जुन घर (अपार्टमेन्ट) मा धेरै परिवार एकसाथ बस्छन् त्यहाँ स्विमिङ पुलमा बालबालिकाको मृत्यु एक परिवार भएको घरको तुलनामा तीन गुणा धेरै हुने पत्ता लागेको छ।
युएनको प्रस्ताव
२०२१ मा युएनको एक प्रस्तावमा सदस्य देशलाई पानीमा डुबेर हुने मृत्यु रोक्न प्राथमिकता दिन आग्रह गरिएको थियो। विश्व स्वास्थ्य संगठन र अमेरिकी पेडियाट्रिक्स एकेडेमीले अमेरिकी सरकारसँग अन्य देशले झैं पहल गर्न आग्रह गरेको छ। क्यानडा, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिकासहित अन्य थुप्रै देशले यसबारे योजना बनाइसकेकाक छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
