महाभारत
महाभारत नामक ग्रन्थलाई संसारमा अहिलेसम्म रचिएका एकै प्रसङ्गमा भनिएका ग्रन्थहरूमध्ये सबैभन्दा बृहत् काव्य मानिन्छ। पहिले जय नामको ग्रन्थ तयार भएको थियो र पछि त्यसलाई महाभारत भनियो। महाभारतको भारत अर्थात् भरतका सन्तानको महान गाथा संग्रह जसलाई महाभारत भनिन्छ। सीमित अर्थमा महाभारतलाई इतिहास वा काव्य भन्न सकिन्छ, वास्तवमा महाभारत एक सम्पूर्ण साहित्य हो र पौरस्त्य सम्पदा पनि हो जसले विश्व साहित्यमा अग्रणी स्थान लिएको छ।
महाभारतको शाब्दिक अर्थ हुन्छ—भारतका मानिसहरूको वा भरतवंशीहरूको युद्धको महान आख्यान। ऋग्वेदमा भारतीयहरूलाई लडाकु जाति भनेर सम्बोधन गरिएको छ र ब्राह्मणमा दुष्यन्त र शकुन्तलाका छोरा भरतलाई भारत राजवंशको पूर्व पुरुष मानिएको छ। आधुनिक भारतको नामसमेत उनै चक्रवर्ती सम्राट भरतको नामबाट राखिएको छ। महाभारत भरतका वंशको त्रासदीपूर्ण तर सत्य घटनामा आधारित इतिहास हो जसमा सम्पूर्ण साहित्य प्रतिविम्वित छ। महाभारतको के महत्व छ भनी यसै साहित्यको भूमिकामा यसो भनिएको छ—जसरी दहीमा नौनी, आर्यमा ब्राह्मण, वेदमा आरण्यक, औषधिमा अमृत, जलाशयमा समुद्र, चौपायामा गाई प्रमुख छन्, त्यसैगरी इतिहासमा पनि महाभारत प्रधान छ (आदिपर्वः)।
यसलाई आध्यात्मिक दृष्टिले हेर्दा दैवमय छ र दैवीकृपाले मात्र जीवन सहजताका साथ सञ्चालन हुन्छ भन्ने प्रमाणका लागि यसको दैनिक निष्ठापूर्वकवाचनलाई लिइन्छ भने भौतिक दृष्टिले मात्र हेर्दा पनि एउटा उदाहरणीय र संग्रहणीय, पठनीय, मननीय तथ्यहरूको सँगालो भेटिन्छ। तटस्थ एवम् निष्पक्ष दृष्टिले हेर्ने हो भने पनि यो सम्पूर्ण साहित्य अनुपम कल्पना र अनुपम एवम् अपूर्व उदाहरणीय कलाको रूपमा संग्रहित आख्यानहरूको सुन्दर काल्पनिकताको आनन्द पनि त्यसमा पाइन्छ।
खासगरी कुरुवंशलाई केन्द्रित गरी तयार पारिएको र एउटा देदीप्यमान राजवंशको उकाली ओरालीलाई सम्पूर्ण विषय बनाई त्यसको सजीव वर्णन छ र अनुपम आदि सभ्यताको उत्कर्ष र पतनको साक्षीसमेत छ। यसले आर्यावर्तलाई चिन्न ठूलो मद्दत गर्दछ जसले आदि सभ्यताको जग पूर्वमा खनेको अनुभूत हुन्छ।
यसलाई एउटा महाकाव्य वा कविताको ग्रन्थमात्रै मानेर हुँदैन, यो त सम्पूर्ण आर्यावर्त नै हो। मानवताको भूत, भविष्य र तत्कालीन वर्तमानको दृश्य र परिदृश्य पनि हो।
अरु त अरु, स्वयम् धीर नायकका रूपमा स्थापित त्रिकालदर्शी एवम् विष्णुका सोह्रैकलाले विभूषित मानिएका श्रीकृष्णसमेत आफूलाई पूर्णताको कसीमा आफैँले खरो उतार्दैनन् जबकि म नै सवैथोक हुँ (श्रीमद्भगवतगीता) भनेर अर्जुनलाई सम्झाउँछन् र शिशुपाल बध गर्दछन्। अरुलाई सुमार्गमा फर्काउन फकाउने गर्दछन् तर कतिपय अवस्थामा अरुको सहयोगले आफ्ना कामहरू फत्ते गर्दछन्। कहिले भीमसँग सहयोग लिएर जरासन्धलाई मार्दछन् त कतै युद्ध शिरोमणि भीष्मसँग भगवानका अवतारसमेत मानिनुहुने परशुराम स्वरूपमा हार्दछन् र महेश्वर देवादिदेव शिवजी आफैँ कृष्णको शरणमा जान्छन् अनि कृष्णको भक्तिभावले मात्र आफूलाई पूर्ण ठान्दछन्। कहिले रण छाडेर हिँडेकाले आफ्नो नाम नै रणछोडजी राख्छन्।
रामायणमा जसरी हामी नायकको रूपमा आदर्शवान पुरुषोत्तम राम, नायिकाको रूपमा आदर्शवती सीता र खलनायकको रूपमा ब्राह्मणपुत्र रावणलाई लिएर रामगाथा गाउन सक्छौँ र समाजमा आदर्शका लागि एउटा बाटोको निर्माण भएको मान्छौँ। तर महाभारतमा कुनै एक पक्षबाट मात्र भन्न, लेख्न र विश्लेषण गर्न जटिल छ। महाभारतको कथा यत्ति जटिलताका साथ विकसित हुन्छ कि सवै पात्रहरूले उत्तिकै आफ्नो पात्रत्व स्थापित गरेका छन्। निषादपुत्र एकलव्यलाई मात्र पनि महाभारतबाट हटाउने हो भने आजको कथा र आदर्शको कुनै पनि छेउलाई पत्ता लगाउन सकिँदैन र महाभारतको कथा नै अर्कोतिर मोडिन सक्थ्यो। सवै दृश्य अदृश्य पात्रहरूले यसरी पात्रत्व स्थापित गरेका छन् कि कोही पनि पात्र न त तटस्थ छन्, न त आफैँमा पूर्ण छन्। अरु त अरु, स्वयम् धीर नायकका रूपमा स्थापित त्रिकालदर्शी एवम् विष्णुका सोह्रैकलाले विभूषित मानिएका श्रीकृष्णसमेत आफूलाई पूर्णताको कसीमा आफैँले खरो उतार्दैनन् जबकि म नै सवैथोक हुँ (श्रीमद्भगवतगीता) भनेर अर्जुनलाई सम्झाउँछन् र शिशुपाल बध गर्दछन्। अरुलाई सुमार्गमा फर्काउन फकाउने गर्दछन् तर कतिपय अवस्थामा अरुको सहयोगले आफ्ना कामहरू फत्ते गर्दछन्। कहिले भीमसँग सहयोग लिएर जरासन्धलाई मार्दछन् त कतै युद्ध शिरोमणि भीष्मसँग भगवानका अवतारसमेत मानिनुहुने परशुराम स्वरूपमा हार्दछन् र महेश्वर देवादिदेव शिवजी आफैँ कृष्णको शरणमा जान्छन् अनि कृष्णको भक्तिभावले मात्र आफूलाई पूर्ण ठान्दछन्। कहिले रण छाडेर हिँडेकाले आफ्नो नाम नै रणछोडजी राख्छन्।
२८औँ व्यासका नामले परिचित र वेदव्यासका नामले प्रतिष्ठित तथा यो ग्रन्थका रचयिता कृष्ण द्वैपायनसमेत यसमा तटस्थ छैनन् र आफू पनि पूर्ण नभएको र नियतिले जताजता डोर्याउँछ, त्यतै जाने निरीहता वारम्बार व्यक्त गर्दछन् तर महाकाव्यमा आफू अनेक पटक देखापर्दछन् किनभने यो राजवंशको एउटा अभियन्ताको रूपमा र प्रमुख साक्षीका रूपमा पनि उनी आफूलाई देखाउँछन्। वेदका रचयिता, वेदका व्याख्याता र अठार पुराण तथा उपपुराणहरूका रचयिता स्वयम् एक पात्रका रूपमा देखिनुलाई यो इतिहासको प्रामाणिकतामा अझ ठोस आधार देखापर्दछ।
आबाल ब्रह्मचारी शुकदेवलेमात्र रचयिता व्यासका औरस पुत्रका रूपमा पहिचान पाएका छन्, भनौँ व्यासले मानेका छन्। धृतराष्ट्र,पाण्डु र विदुरका पिताका रूपमा स्वर्गीय विचित्रवीर्यलाई मानिएको छ, यसो हुनुमा त्यो बेलाको नियोगनीतिको प्रभाव हो र राजाको छोराले मात्र राजा हुन पाउने नीतिलाई बल पुर्याएको हो भन्ने तर्क दिन सकिन्छ। त्यसैले अम्बिका र अम्बालिकासँग नियोग गर्नका लागि महारानी सत्यवतीले देवव्रतलाई नै कर गरेको पाइन्छ तर सत्यवतीकै विवाह आफ्ना पितासँग गर्नका लागि आजीवन ब्रह्मचर्याश्रममा रहने नीतिमा नै अडिग रहने संकल्पका कारणले उनको समेत रायमा पराशरतर्फबाट विवाहपूर्व नै जन्मिएका आफ्ना पुत्र कृष्णसँग नियोग गरिएको कुरा स्वयम् कृष्ण, महाभारतका रचयिताले नै भनेका हुन्। नियोग गर्दा भावी राजकुमारका लागि नै उनको स्वीकृति रहेको थियो। तर व्यासको नै इच्छामा विदुरलाई राजकुमारको दर्जा दिए पनि राज्य नदिने गरी कामको बाँटफाँट गरिएको पाइन्छ। सम्पूर्ण पात्रहरू रहस्यमय तरिकाले अपूर्ण नै रहन्छन्। भनिन्छ, विदुरलाई शूद्रको दर्जामा राख्नका लागि नै महाभारतलाई पञ्चम वेदको नामाकरण गरिएको थियो किनभने त्यो बेलामा शूद्रले वेद पढ्न पाइन्नथ्यो।
व्यासको नै इच्छामा विदुरलाई राजकुमारको दर्जा दिए पनि राज्य नदिने गरी कामको बाँटफाँट गरिएको पाइन्छ। सम्पूर्ण पात्रहरू रहस्यमय तरिकाले अपूर्ण नै रहन्छन्। भनिन्छ, विदुरलाई शूद्रको दर्जामा राख्नका लागि नै महाभारतलाई पञ्चम वेदको नामाकरण गरिएको थियो किनभने त्यो बेलामा शूद्रले वेद पढ्न पाइन्नथ्यो।
महाभारतमा लेखिएका सवै कुराहरू आजको दृष्टिले हेर्दा कति उचित वा अनुचित होलान्, औचित्य प्रमाणित गर्न सकिएला, नसकिएला तर आर्यावर्तको सर्वोच्च विकासको पतन र त्रासदीपूर्ण घटनाको यो ज्वलन्त र जीवन्त इतिहास भने पक्कै हो। आजभन्दा करिब पाँच हजार वर्ष पहिले रचिएको यस्तो महाकाव्य आफैँमा एउटा अनुपम ग्रन्थ हो र अकाट्य इतिहासको एउटा उदाहरण पनि हो।
महाभारतमा गीता
महाभारतका बारेमा भनिन्छ, जे महाभारतमा छैन, अन्य कहीँ पनि छैन। यसलाई ज्ञान र विज्ञानको संगम, अपरा र परा विद्याको श्रोतका रूपमा लिइन्छ भने सत्य घटनाका आधारमा लेखिएको इतिहासको रूपमा अथ्र्याइएको छ। प्रामाणिक रूपमा १ लाख श्लोक भएको महाभारतलाई कालक्रम र इतिहासको क्रममा १८ पर्वमा विभाजन गरिएको छ। यही महाभारतको १८ पर्वहरूमा आदिपर्व, सभापर्व, वनपर्व, विराटपर्व, उद्योगपर्व, भीष्मपर्व, द्रोणपर्व, कर्णपर्व, शल्यपर्व, सौप्तिकपर्व, स्त्रीपर्व, शान्तिपर्व, अनुशासनपर्व, आश्वमेधिकपर्व, मौसलपर्व, महाप्रास्थानिकपर्व, र स्वर्गारोहणपर्व पर्दछन्। तिनै १८ पर्वहरूमध्येको छैटौँ पर्व भीष्म पर्वमा हो, विश्व प्रसिद्ध श्रीमद्भगवतगीताको प्रसङ्ग, जसलाई वेद, उपनिषद्, ज्ञान, विज्ञान, योग र साधनाको अनुपम संयोजन मानिन्छ।
आपसमा हस्तिनापुरलाई राजधानी बनाएर शासन गरिरहेका चक्रवर्ती कुरुवंशी(महाराज धृतराष्ट्रका छोराहरू जसलाई कौरव भनिन्थ्यो र महाराज पाण्डुका छोराहरू जसलाई पाण्डव भनिन्थ्यो)का बिचमा राज्यको बाँडफाँटमा कुरा नमिलेपछि परिवारको कलहले विश्वयुद्धको स्वरूप लियो। त्यो बेलाको शक्तिशाली राज्यका रूपमा चिनिएको कुरु साम्राज्य जसलाई भरतले संयोजन गरेकाले भारत भनिन्थ्यो। कुरुवंशी भरतवंशी भनिएकाले कुरुहरूका लागि आदरसाथ भारत भनेर संबोधन गरिन्थ्यो। जब युद्ध हुने नै भयो, कौरवतर्फ ११ अक्षौहिणी सेना र पाण्डवतर्फ ७ अक्षौहिणी सेना आपसमा धर्मयुद्ध गर्न तयार भए। अर्थात् बलीदानका लागि तयार भए। त्यो युद्धको कौरवपक्षीय प्रधान सेनापति भीष्म पितामह रहेकाले युद्धको तयारी र भीष्मले नेतृत्व गर्दासम्मको अवधिलाई भीष्मपर्वको रूपमा महाभारतमा लिपिबद्ध गरिएको देखिन्छ। युद्धका लागि सबै खुसीसाथ तयार थिए किनभने दुवैतर्फका योद्धाहरू आफ्ना पक्षले जित्ने कुरामा अति विश्वस्त देखिन्थे। कौरवतर्फ श्रीकृष्णको शक्तिशाली नारायणी सेना थियो भने पाण्डवसँग निहत्था श्रीकृष्णमात्र थिए किनभने उनले आफू हतियार नउठाउने भनेर अर्जुनको सारथिको रूपमा महाभारतको युद्धमा आफूलाई प्रस्तुत गरेका थिए। भएको के थियो भने कुरुवंशीहरूसँग वृष्णिवंशीहरूको रगतको नाता थियो र नजिकको गाढा सम्बन्ध थियो। कुन्ती श्रीकृष्णकी फुपू थिइन् भने दुर्योधन श्रीकृष्णको सम्धीको रूपमा देखिन्छन्। अर्जुनले श्रीकृष्णकी बहिनी सुभद्रासँग विवाह गरेका थिए भने बलरामका प्रिय शिष्यका रूपमा दुर्योधन र भीम परेका थिए। युद्धको तयारीका बेलामा दुर्योधन र अर्जुन वृष्णि राजभवनमा सहयोगका लागि गए। सहयोग युद्धका लागि आवश्यक थियो। अनि श्रीकृष्णले आफूले यो आफन्तको पारिवारिक झगडामा कतै नलाग्ने र हतियार पनि नउठाउने संकल्प गरेको बताएपछि एकछिन विवाद भयो अनि श्रीकृष्णले स्पष्ट भने—त्यसो भए निहत्था म र मेरो नारायणी सेनामध्ये कसले कुन लिने त ? भन्दा दुर्योधनले नारायणी सेनाको सहयोग स्वीकार गरे भने अर्जुनले आफूलाई,आफ्नो परिवारलाई श्रीकृष्णमात्र भए पनि प्रशस्त हुने भनेर खुसी व्यक्त गरेका थिए।
युद्ध हुने नै भयो। पाण्डवतर्फको सेनापतिका रूपमा पाञ्चाल राजकुमार धृष्टद्युम्न मनोनीत भए भने कौरवतर्फको सेनापतिमा भीष्म पितामह नियुक्त गरिए। त्यसैले भीष्मको नाममा व्यासले त्यो पर्वको विवरणको नाम नै भीष्मपर्व राखेका थिए।
गीताको भावलाई आत्मसात् गरेर र अन्तरात्मामा त्यसलाई स्वीकार गरेर, त्यसको मर्मलाई कर्मको आधार सम्झेर अर्जुनले युद्धबाट भाग्न सकेनन् र युद्धलाई निर्णायकरूपमा जितेर राज्य फिर्ता लिए। हिटलरले त्यही गीतालाई आधार मानेको भन्दै संसारलाई विध्वंशको खाडलमा जाक्न चाह्यो। परमाणु बमका पिता मानिने ओपेनहाइमरको जीवनीमा आधारित फिल्म “ओपेनहाइमर” मा ओपेनहाइमरको गीता प्रेमको गाथालाई उजागर गरिएको छ।
हो, त्यही युद्धको लागि सबै तयारी भएर युद्धको आरम्भका लागि शंखनाद गरिएपछि अर्जुनले एकपटक आफ्ना र दुर्योधनतर्फका योद्धाहरूको अवलोकन गर्ने विचार गरे र कौरव—पाण्डवको धर्मयुद्धको सीमारेखामा लगेर रथ रोक्न भनेर अनुरोध गरे। जब कौरवतर्फ हजुरबा, गुरु, काका, साला, भाइ, सम्बन्धी देखे र तिनीहरूसँग युद्ध गरेर ती सबैलाई मारेर अनिमात्र राज्य जित्नुपर्ने र राज्य गर्नुपर्ने विषादले अर्जुनले हतियार बिसाए र रुन थाले र भन्न थाले —यसरी आफन्त मारेर आर्जेको राज्य चाहिँदैन मधुसूदन, म युद्ध लड्दिन। युद्धको त्यत्रो तयारी गरेर, युद्धका लागि सबै तयार भएर बसेका बेलामा जब पाण्डवमध्येका महत्वपूर्णं व्यक्ति अर्जुन निरीह बनेर युद्ध नगर्ने भन्न थालेपछि जुन उपदेश दिने वातावरण तयार भएको हो, भीष्मपर्वको २५औँ अध्यायदेखि ४२औँ अध्यायसम्मको १८ अध्यायको ७०० श्लोकलाई श्रीमद्भगवतगीताको रूपमा लिइएको हो। गीता अर्थात् गीत। वेदहरूको सारांश खिचेर अर्जुनलाई दिइएको दार्शनिक उदाहरणसहितको तर्कलाई नै आजको युगमा श्रीमद्भगवतगीताको या गीताको नामको रूपमा मानिएको हो। हुन त गीता सर्सर्ती हेर्दा युद्ध विमुख हुन लागेका अर्जुनलाई युद्धमा फर्काउने रहस्यमय सूत्रका रूपमा हेरिन्छ। युद्धको लागि खिचिएको सीमारेखाको बिचमा एउटा रथ उभिएको छ, गाण्डीव बोकेको महारथी हतियार भुइँमा छोडेर लम्पसार परेर रुँदै आफू अब युद्ध नगर्ने भनेर भन्छ, अर्को सारथिका रूपमा रहेका श्रीकृष्ण भने अर्जुनलाई सम्झाउँदै युद्धमा फर्कन अनेक उदाहरण र ढाढस दिन्छन्। अर्जुनले के भने, कृष्णले के सम्झाए र अर्जुन जादुगरले लठ्ठाएको मानिसजस्तै जेजे कृष्णले. भने त्यही मान्न जुरुक्क उठेर युद्धमा होमिए अनि महाभारतको युद्ध लडियो। त्यो रहस्यको दर्शनलाई नै आज पनि गीताको नाममा अर्थ लगाइन्छ, र हजारौँ व्यक्तिहरूले त्यसको गाथा गाएका छन्, रहस्यको पर्दा उघार्न खोजेका छन् तर झन झन रहस्यमय बन्दै दर्शनको अपरिमित व्याख्याको ढोका खोलेकै छ।
हिटलरको निरंकुशताको आधार पनि गीता अनि ओपेनहाइमरको परमाणु बमको तुलना: भगवानको विश्वरूपसँगको आन्तरिक साक्षात्कार
त्यही गीताको भावलाई आत्मसात् गरेर र अन्तरात्मामा त्यसलाई स्वीकार गरेर, त्यसको मर्मलाई कर्मको आधार सम्झेर अर्जुनले युद्धबाट भाग्न सकेनन् र युद्धलाई निर्णायकरूपमा जितेर राज्य फिर्ता लिए। हिटलरले त्यही गीतालाई आधार मानेको भन्दै संसारलाई विध्वंशको खाडलमा जाक्न चाह्यो। अनि अहिले फेरि एउटा नयाँ फिल्म आएको छ परमाणु बमका पिता मानिने ओपेनहाइमरको जीवनीमा आधारित फिल्म “ओपेनहाइमर” जसमा ओपेनहाइमरको गीता प्रेमको गाथालाई उजागर गरिएको छ।
द्वितीय विश्वयुद्धको अन्तका लागि तयार गरिएको परमाणु बमको परीक्षण गर्ने बेलामा ओपेन हाइमरले उल्लेख गरेका रहेछन् श्रीकृष्णको विश्वरूपको दर्शनको प्रसङ्गमा भनेका कुरा- म महाकाल हुँ, म संहारक हुँ।
अर्जुनलाई भगवान श्रीकृष्णले भन्छन्
कालोस्मि लोकक्षयकृत् प्रवृद्धो
लोकान् समाहर्तुमिह प्रवृत्तः।
ऋतेपि त्वां न भविष्यन्ति सर्वे
येव्यस्थिता प्रत्येनीकेषु योधाः।।
गीता अध्याय ११, श्लोक ३२
(अर्थ — म लोकको नाश गर्न बढेको महाकाल हुँ (समय हुँ)। यतिबेला यी लोकहरूलाई नाश गर्न प्रवृत्त भएको छु। जो प्रतिपक्षीहरूका सेनामा स्थित योद्धाहरू छन्, ती सबै तिमीविना पनि रहँदैनन्, मारिन्छन्, अर्थात् तिमीले युद्ध नगरे पनि ती सबैको नाश हुनेछ। )
यो कुरा ओपेनहाइमरले त्यो बेलामा भनेका रहेछन् जुनबेलामा परमाणु बम न्युमेक्सिकोको मरुभूमिमा पडकाउने परीक्षणका लागि प्रक्रियामा थियो। कसैलाई पनि के थाहा थिएन भने त्यो परमाणु बमको शक्ति कति हुनेछ, कति नाश गर्नेछ र त्यसको अनुमान गर्न कठिन थियो। त्यसको नाम ट्रिनिटी राखिएको रहेछ। आखिर त्यसरी परीक्षण गरिएको परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा खसाइयो र लाखौँ निरपराध मानिसहरूको एउटै चिहान बनाइयो तर विश्वयुद्ध भने निर्णायकरूपमा अन्त्य भयो। आज पनि परमाणु बमको त्राश भने बाँकी छ। त्यो बम परीक्षण गर्नुभन्दा दुई दिन अघि ओपेनहाइमरले भनेका रहेछन् अनि दुई दिन अघिमात्र भावी परमाणु बमको परीक्षण र प्रयोगका बारेमा अध्याय ११को श्लोक १२को श्लोक संस्कृतमा उच्चारण गर्दै भनेका रहेछन्
दिवि सूर्य सहस्रस्य भवेद् युगपदुत्थिता। यदि भाः सदृशी सा स्याद् भासस्तस्य महात्मनः।।
(अर्थ—आकाशमा हजारौँ सूर्य एकसाथ उदय हुँदाको उत्पन्न प्रकाशभन्दा पनि भगवानको विश्वरूपको प्रकाश त्यो भन्दा पनि अझ चहकिलो,चम्किलो र प्रकाशवान थियो। त्यसलाई ओपेनहाइमरले उच्चारण गर्दा परमाणु बमको प्रकाश, कम्पन र विनाशको भावी स्वरूपको अनुमान गरेको देखिन्छ। )
त्यसो त गीताको रहस्यका बारेमा स्वयं वेदव्यासले महत्व देखाएकाले नै, सबै उपनिषद्हरुको रसको रूपमा र भगवानको (प्रकृतिको अनन्तरूप)लीलाको रूपमा गीताको रहस्यको वयान गरिएको छ। १८ अध्यायहरूको लागि विभिन्न ज्ञानको श्रोतको रूपमा लिइएको छ, जस्तै पहिलो अध्यायलाई अर्जुन विषादयोग, दोस्रो अध्यायलाई साङ्ख्ययोग, तेस्रो अध्यायलाई कर्मयोग, चौथो अध्यायलाई ज्ञानकर्मसन्यासयोग, पाँचौँ अध्यायलाई कर्मसन्यासयोग,छैँटौँ अध्यायलाई आत्मसन्यासयोग, सातौँ अध्यायलाई ज्ञानविज्ञानयोग, आठौँ अध्यायलाई अक्षरब्रह्मयोग, नवौँ अध्यायलाई राजविद्याराजगुह्ययोग, दसौँ अध्यायलाई विभूतियोग, एघारौँ अध्यायलाई विश्वरूपदर्शनयोग, बाह्रौँ अध्यायलाई भक्तियोग, तेह्रौ अध्यायलाई क्षेत्रक्षेत्रज्ञविभागयोग, चौधौँ अध्यायलाई गुणत्रयविभागयोग, पन्धौँ अध्यायलाई पुरुषोत्तमयोग, सोह्रौ अध्यायलाई दैवासुरसम्पद्विभागयोग, सत्रौँ अध्यायलाई श्रद्धात्रयविभागयोग र अठारौँ अध्यायलाई मोक्षसन्यासयोग मानिएको छ।
तीनओटा कृष्णको चकचकी
द्वापर युग तीनओटा कृष्णको कथा हो भनिन्छ। तीनओटा कृष्णको क्षमता प्रदर्शनको समय हो भनिन्छ। एउटा कृष्ण मथुराका राजा वसुदेवका पुत्र वासुदेव जसलाई कृष्ण भनिन्थ्यो, कुन्तीको गर्भबाट इन्द्रको आधाअंश लिएर जन्मेका पुत्रको नाम पनि कृष्ण नै हो जसलाई सामान्यतया अर्जुनको रूपमा चिनिन्थ्यो, उनका दशओटा नाममध्ये कृष्ण पनि एउटा हो। वेदव्यासको नाम पनि श्रीकृष्णद्वैपायन थियो अर्थात् नदीको बिचमा रहेको द्वीपमा जन्मिएकाले द्वैपायन भनिएको हो, खासमा नामचाहिँ कृष्ण नै थियो। वासुदेव, अर्जुन र व्यासको संगमबाट नै द्वापर युगको अन्त्यमा त्यहाँ के भनिएको थियो भन्ने कुरा मात्र आज हामीले थाहा पाएका हौँ। खासमा व्यासले थाहा नपाएका भए, वासुदेवले आफूले के भनेको हो भन्ने कुराको रहस्य नखोलेको भए र अर्जुनले पनि कृष्णको भावना बमोजिम निःस्वार्थ कर्मको पक्षमा आफूलाई आत्मसमर्पण गरी शरणागतीको चरणमा नपुर्याएको भए भारतवर्षको इतिहास के हुन्थ्यो होला ? थाहा छैन।
(आगामी केही अङ्कहरूमा महाभारत युद्धको कारण र त्यसका केही पात्रहरूको बारेमा विवेचना गरिने छ जसमा गीताको रहस्यको बारेमा पश्चिमा विद्वानहरूको समेत धारणा खोजिने छ। )
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको बदला
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन