सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक १ करोड रुपैयाँसम्म कारोबारको विवरण मासिक बुझाउनुपर्नेमा सरकारले चार महिनाको समय दिएको हो ।
आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत दिइएको बताएको छ । साना करदाताले अब साउनदेखि कात्तिकसम्मको कर विवरण मंसिर २५ गतेभित्र बुझाउन सक्नेछन् । यस्तै, मंसिरदेखि फागुनसम्मको विवरण फागुन २५ गतेभित्र र चैतदेखि असारसम्मको कर विवरण साउन २५ गतेभित्र पेस गर्ने सुविधा दिएको छ ।
मासिक कर विवरण बुझाउन चाहने करदातालाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा १५ दिनभित्र जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ ।
१ करोडमाथिको विवरण मासिक
विभागले वार्षिक रूपमा १ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई भ्याट विवरण मासिक रुपमा नै बुझाउन आग्रह गरेको छ । यसअघि त्यस्ता करदाताले द्वैमासिक रूपमा कर विवरण दाखिला गर्ने गरेका थिए ।
‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज भएको छ,’ विभागद्वारा जारी सूचनामा, ‘संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रूपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्नेछ ।’
चालू आर्थिक वर्षको बजेट तथा मूल्य अभिवृद्धि कर नियमावली २०५३ संशोधनअनुसार कर विवरण दाखिला अवधि परिवर्तन भएको विभागले जनाएको छ ।
(((
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मुस्ताङ
- सूर्योदय
- नाम्दो गाउँ
- जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
- पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
- पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर
- पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
- आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
- मस्क र पूर्व ईयू प्रविधि प्रमुख ब्रेटनबीच जर्मनीको विषयमा विवाद
- लस एन्जलस आगलागीः भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो