विश्वकै लोकप्रिय कफी कम्पनी स्टारबक्सले २ करोड ५० लाख डलरभन्दा बढी जरिवाना लागेको छ। अमेरिकाको न्युजर्सी अदालतले २०१९ मा एक पुरानो मामिलामा पूर्वकर्मचारीलाई कामबाट निकालेको आरोपमा क्षतिपूर्तिस्वरुप सो रकम जरिवाना तोकेको हो।
यसअघि संघीय अदालतले स्टारबक्सको फिलाडेल्फियास्थित कम्पनीकी पूर्व क्षेत्रीय म्यानेजर सेनन फिलिप्सलाई करिब दुई लाख ५६ हजार डलर हर्जाना तिर्न आदेश दिएको थियो।
२०१८ मा कम्पनीले सानन फिलिप्सलाई विवादपछि जागिरबाट बर्खास्त गरेको थियो। त्यसपछि फिलिप्सले आफू गोरो भएका कारण जागिरबाट बर्खास्त गरेको आरोपसहित २०१९ मा मुद्दा दायर गर्नुभएको थियो।
के हो पूरा मामिला ?
यो मामिला २०१८ को हो। नेल्सन र रोबिन्सन नामका दुई अफ्रिकी–अमेरिकी नागरिकलाई क्याफेबाट पक्राउन गरिएको थियो। पक्राउ परेका दुवैले आफूहरु बिजनेस मिटिङका लागि क्याफेमा आएको र तेस्रो व्यक्तिलाई पर्खिरहेको बताउनुभएको थियो। यही बीचमा क्याफेको बाथरुम प्रयोग गर्न
निषेध गरेपछि यही विषयलाई लिएर विवाद चर्कियो। त्यसपछि कर्मचारीले प्रहरी प्रशासनलाई खबर गरे। प्रहरी आएर दुवैलाई पक्राउ गर्यो।
उनीहरुको पक्राउविरुद्ध पूरै इलाकामा विरोध प्रदर्शन सुरु भयो। प्रदर्शन बढ्दै गएपछि स्टारबक्सले स्टोर बन्द गर्नुपर्यो। यो मामिलाको एक महिनापछि स्टारबक्सको फिलाडेल्फियाका क्षेत्रीय म्यानेजर फिलिप्सलाई उहाँको १३ वर्षे जागिरबाट बर्खास्त गर्यो। जबकि दुई व्यक्ति पक्राउन पर्दा न उहाँ त्यहाँ हुनुहुन्थ्यो, न त्यसमा कुनै हात नै थियो।
पछि फिलिप्सले कम्पनीविरुद्ध २०१९ मा गलत तरिकाले जागिरबाट निकालेको मुद्दा दर्ता गर्नुभयो। मुद्दामा फिलिप्सले आफ्नो जाति र रंगभेदका कारण जागिरबाट निकालेको उल्लेख गर्नुभएको थियो।
यसबारे फिलिप्सकी अधिवक्ता लारा सी मेटियासीले अफ्रिकी–अमेरिकी नागरिकको गिरफ्तारीपछि कम्पनीले आफ्नो कारबाही देखाउन उहाँको क्लाइन्टलाई ‘बलिको बोको’ बनाएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
- रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल २०२५ उपाधि
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
