भारतका पाँच राज्यमा यो साता भएको विधानसभा चुनावमा आफ्नो मताधिकारको प्रयोग गर्ने करिब आठ लाख मतदाताले ‘नोटा’ अर्थाता ‘माथि उल्लेख गरिएका मध्य कोही पनि होइन’ (None of The Above) भन्ने विकल्पमा भोट हालेका छन्। भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार ती करिब आठ लाख मतदाताले “तिमीहरू कोही पनि योग्य छैनौ” भनेर भोट हालेका हुन।
मणिपुरका कुल मतदाता मध्ये १०,३४९ (०.६ प्रतिशत) ने नोटा विकल्पको प्रयोग गरे। यसैगरी गोवामा १०,६२९ मतदाता (१.१ प्रतिशत) सबै उम्मेदवारलाई अयोग्य भने।
भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार राजनीतिक रूपले अत्यन्त महत्त्पूर्ण मानिने र चार सय तीन विधानसभा सिट भएको उत्तर प्रदेशका ६ लाख २१ हजार १ सय ८६ मतदाताले (०.७ प्रतिशत) ले इलोक्ट्रोनिक भोटिङ मेसिनमा ‘नोटा’ भन्ने विकल्पको बटन थिचे।
यसैगरी उत्तराखण्डमा ‘नोटा’ को बटन थिच्नेको संख्या ४६,८३० (०.९ प्रतिशत) छ भने पन्जाबमा १,१०,३०८ मतदाता (०.९ प्रतिशत) ले नोटाको विकल्प रोजे।
यी पाँच राज्यमा कुल ७,९९,३०२ मतदाताले “तिमीहरू कोही पनि योग्य छैनौ” भनेर भोट हाल्दै आफ्नो संविधानिक अधिकारको प्रयोग गरेका छन्।
भारतमा सन् २०१३ देखि इलोक्ट्रोनिक भोटिङ मेसिनमा ‘नोटा’ विकल्प राखिएको हो। भारतको सर्वोच्च अदालतले सेप्टेम्बर २०१३ मा नै एउटा आदेश दिदै इलोक्ट्रोनिक भोटिङ मेसिनमा अन्तिम विकल्पका रूपमा नोटा बटन राख्न लगाएको हो। सर्वोच्च अदालतले कुनै पनि उम्मेदवारलाई भोट दिन इच्छुक नरहेकाहरूको मतको सम्मानका लागि यस्तो व्यवस्था गर्न भनेको थियो।
द वायरमा प्रकाशित समाचारमा आधारित। तस्बिर सौजन्य: खलिज टाइम्स
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
- बस्तीमा बाढी पस्दा २२ घर डुबानमा
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
- आइएमएफले ५० करोड डलर ऋण युक्रेनलाई दिने
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
