भारतका पाँच राज्यमा यो साता भएको विधानसभा चुनावमा आफ्नो मताधिकारको प्रयोग गर्ने करिब आठ लाख मतदाताले ‘नोटा’ अर्थाता ‘माथि उल्लेख गरिएका मध्य कोही पनि होइन’ (None of The Above) भन्ने विकल्पमा भोट हालेका छन्। भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार ती करिब आठ लाख मतदाताले “तिमीहरू कोही पनि योग्य छैनौ” भनेर भोट हालेका हुन।
मणिपुरका कुल मतदाता मध्ये १०,३४९ (०.६ प्रतिशत) ने नोटा विकल्पको प्रयोग गरे। यसैगरी गोवामा १०,६२९ मतदाता (१.१ प्रतिशत) सबै उम्मेदवारलाई अयोग्य भने।
भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार राजनीतिक रूपले अत्यन्त महत्त्पूर्ण मानिने र चार सय तीन विधानसभा सिट भएको उत्तर प्रदेशका ६ लाख २१ हजार १ सय ८६ मतदाताले (०.७ प्रतिशत) ले इलोक्ट्रोनिक भोटिङ मेसिनमा ‘नोटा’ भन्ने विकल्पको बटन थिचे।
यसैगरी उत्तराखण्डमा ‘नोटा’ को बटन थिच्नेको संख्या ४६,८३० (०.९ प्रतिशत) छ भने पन्जाबमा १,१०,३०८ मतदाता (०.९ प्रतिशत) ले नोटाको विकल्प रोजे।
यी पाँच राज्यमा कुल ७,९९,३०२ मतदाताले “तिमीहरू कोही पनि योग्य छैनौ” भनेर भोट हाल्दै आफ्नो संविधानिक अधिकारको प्रयोग गरेका छन्।
भारतमा सन् २०१३ देखि इलोक्ट्रोनिक भोटिङ मेसिनमा ‘नोटा’ विकल्प राखिएको हो। भारतको सर्वोच्च अदालतले सेप्टेम्बर २०१३ मा नै एउटा आदेश दिदै इलोक्ट्रोनिक भोटिङ मेसिनमा अन्तिम विकल्पका रूपमा नोटा बटन राख्न लगाएको हो। सर्वोच्च अदालतले कुनै पनि उम्मेदवारलाई भोट दिन इच्छुक नरहेकाहरूको मतको सम्मानका लागि यस्तो व्यवस्था गर्न भनेको थियो।
द वायरमा प्रकाशित समाचारमा आधारित। तस्बिर सौजन्य: खलिज टाइम्स
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान