गुगलको जेमिनी एआई सफ्टवेयर आउँदै, च्याटजिपिटीलाई कडा चुनौती

गुगलले आफ्नो नयाँ एआई सफ्टवेयर जेमिनी ल्याउने भएको छ। एआईबाट लाभ लिइरहेका व्यवसालाई लक्षित गरी जेमिनी ल्याउन लागेको कम्पनीले जनाएको छ। यद्यपि कम्पनी अहिले डेभलपर्स (विकासकर्ता) लाई जेमिनीको पहुँच दिएको छ। तर यो पहुँच विकास भइरहेको जेमिनीको ठूलो संस्करणमा भने होइन। अब आउन लागेको ठूलो संस्करणको तुलना जिपिटी–४ सँग हुनेछ।

गुगलले आफ्नो गुगल क्याउड भर्टेक्स एआई सेवाको माध्यमबाट जेमिनी व्यवसायलाई उपलब्ध गराउने योजना बनाइरहेको छ। यो परियोजनामा गुगल ब्रेन र डिपमाइन्डजस्ता दुई प्रमुख एआईले काम गरिरहेका छन्।

जेमिनीको विशेषता

जेमिनी विशाल भाषा मोडलको एउटा संग्रह हो। यो च्याटबट्सको प्रयोग टेक्स्ट संक्षेपीकरण गर्नेलगायत विभिन्न अनुप्रयोगलाई शक्ति प्रदान गर्छ। सफट्वेयरमार्फत गुगल डक्स र स्लाइड्सजस्ता गुगलका व्यावसायिक उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ। यसले ‘गुगल बार्ड’ लाई थप सशक्तसमेत बनाउनेछ।

यसमा के खास छ ?

यो जेमिनी हाल उत्कृष्ट भनिएको जिपिटी–४ मोडलको तुलनामा पाँच गुणा अधिक शक्तिशाली छ। शोध संस्था सेमी एनालाइसिसका अनुसार २०२४ को अन्त्यसम्म च्याटजिपिटीको तुलनामा २० गुणा बढी शक्तिशाली हुने अपेक्षा गरिएको छ।

यस्तै जेमिनीले मानिसले अन्यथा गर्नुपर्ने काम पनि स्वचालित गर्न सक्छ। यसले कैयौँ उद्योगको व्यवसाय जस्तै, ग्राहक सेवा, स्वास्थ्य सेवा, आर्थिक र शैक्षिक सेवालाई थप प्रभावकारी बनाउन सक्छ।

एआईको बढ्दो लोकप्रियता, मृत्युको भविष्यवाणी पनि

एआईको प्रयोग बढेसँगै थुप्रै देशले यसमा लगानी गरेका छन्। यही एआईले अस्पतालमा भर्ना भएको ५ देखि ९० दिनभित्र बिरामीको मृत्यु हुने जोखिमको भविष्यवाणी गर्ने भएको छ। इलिनोइसमा ओएसएफ हेल्थकेयरका शोधकर्ताको समूहले एउटा एआई विकसित गरेका छन्। उक्त मोडलले बिरामी भर्ना भएको मृत्युको जोखिमबारे अनुमान लगाउन सक्छ। यो मोडलको उद्देश्य चिकित्सकलाई जीवनको अन्त्यमा महत्वपूर्ण चर्चा गर्न सहयोग पुर्याउने हो।

शोधकर्ताले एआई मोडलको परीक्षण भिन्दाभिन्दै पृष्ठभूमि भएका बिरामीमा गरेका थिए। परीक्षण गरिएका बिरामीबारे एआईले मृत्युको सम्भावना उच्च रहेको बताएको थियो। नभन्दै ती बिरामी मृत्युनजिक थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link