मेयर बालेनलाई उभिएर चुनौती दिँदै ई:

रूपेश आचार्य

गत मङ्गलवार देखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत सामाजिक अभियन्ता ई: फुटपाथ व्यवसायीहरूको गुनासाका बारेमा काठमाडौँ महानगरका मेयर बालने शाहको ध्यानाकर्षण गराउन खोज्नुभएको हो। फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान देऊ, गरिब निमुखाको रोटी नखोस्नु लगायतका माग राखेर छ  दिनदेखि अभियन्ता ई: आन्दोलन गरिरहनु भएको छ। उहाँको दुवै गोडा नराम्ररी सुन्निएका छन् । लगातार लगभग १४० घण्टासम्म उभिँदा पनि उहाँको माग सरोकारवालाले बेवास्ता गरेका छन् ।

सहरमा रहेका १० हजारभन्दा बढी फुटपाथ व्यवसायीको रोजीरोटीको अधिकारका लागि आफूहरू आन्दोलनमा रहेको सामाजिक अभियन्ता ई: बताउनुहुन्छ । ई: का दुई वटा गोडा सुन्निएर लट्ठी टेक्दै हिँड्न पनि कठिन भएको छ । “मचक टेक्न पनि सकिएको छैन” ई: भन्नुहुन्छ ।

ई: भन्नुहुन्छ “सुरुमा ७७ घण्टाका लागि भनेर सुरु गरेको आन्दोलन १ सय ४० घण्टा हुँदै अब १ सय ९९ घण्टा सम्म पुग्छ ।” आफूहरूले शान्तिपूर्ण आन्दोलन गरिरहेको र शान्त भएर नै अगाडि बढी नहेरे उहाँको भनाइ छ ।  उहाँ बेलुका पाँच घण्टा मात्र कुर्सीमा विश्राम गर्नुहुन्छ ।

म काठमाडौँ महानगरपालिकाका मेयर उपमेयरले चुनाव अगाडि गरेका वाचा “काठमाडौँमा सडक व्यवसायीलाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्न सकिन्छ, त्यो कुनै ठुलो कुरा होइन भन्ने कुराको जबाफदेहिता माग्न ” अभिएको हुँ सामाजिक अभियन्ता ई: भन्नुहुन्छ ।

ई: भन्नुहुन्छ हामीले तीन महिना अघि देखि ‘गरिबको चमेली बोलिदिने कोही छर” भनेर निरन्तर अभियान चलाएर कहिले बाघदरबार अगाडि गएर, कहिले राष्ट्रिय सभागृह अगाडि, कहिले सडक व्यवसायीसँग प्रदर्शन गरेर, कहिले युवाहरू मिलेर प्रदर्शन गरेर, अनलाइन छलफल निरन्तर चलायौँ।  यति धेरै र अनेक प्रयास गर्दा पनि उहाँ मेयर बालेन ले सम्बन्धित पत्र  बुझ्न नमानेको, सुन्न नमानेका कारण यहाँ उभिनुको विकल्प नभएको ई: को भनाइ छ ।

मङ्गलवार आफू एक्लै बसेर भए पनि आन्दोलन गर्छु भन्दा आफूलाई साथ दिन थप दुई जना साथीले साथ दिनुभयो । बालेनको चुनाव प्रचार अभियानमा मुख्य भूमिकामा रहनुभएका सौरभ न्यौपाने र प्रवीण काफ्लेले पाँच दिन सम्म साथ दिनुभयो । तर सुरुको दिन देखिनै युवा साथीहरू, आम नागरिक, सडक व्यवसायी प्रतिनिधिले साथ दिनुभएको उहाँ बताउनुहुन्छ ।

सामाजिक अभियन्ता ई: भन्नुहुन्छ “मेयर बालेन ले चुनाव अगाडि बोलेको सडक व्यापारीका लागि त्यस्तै खाकामा वैकल्पिक स्थान, वैकल्पिक समय र लाइसेन्स लगायत अन्य अन्तर्राष्ट्रिय प्रचलित प्रावधानका आधारमा सडक साइकल,  गाडालगायत परम्परागत व्यवसायहरूलाई महानगरले विकल्प दिनु पर्छ भन्ने हाम्रो धारण हो ।”

“गरिब दिन दुखी, उत्पीडित वर्गको पक्षमा बोली दिने जनप्रतिनिधि नेता आयो भनेर जुन रोशनी देखाइएको थियो त्यो झन् विपरीत रहेको उहाँ बताउनु हुन्छ । सडक व्यवसायीहरूमाथि गरिएको हिंसा कुटपिट, यातना,  दुई छाक टार्न ध धौ हुने  वर्गको जीविकोपार्जनको साधन गाडा, साइकल लगायत अन्य साधनहरू फिर्ता नदिई त्यसलाई लिलाम गरी दिँदा चुनाव अघिको बालेन र चुनाव पछिको बालेन पु  रक रहेको स्पष्ट हुन्छ”  ई: बताउनुहुन्छ ।

युवा नेता पुरानै नेताको शैली रहेको उहाँको आरोप छ । युवा नेता भनेको युवा नेतृत्व फरक हुनुपर्ने, जवाफदेही ,  जिम्मेवार, विश्वासिलो र करुणादायी, मानवतामा विश्वास गर्ने नेतृत्व भएको नेता बालेनमा खोजेका पनि हौँ । यति नभए पहिलाको नेतृत्व र अहिलेको नेतृत्व फरक नरहने ई: बताउनुहुन्छ “तपाईँ पुराना नेता भन्दा फरक हुनुहुन्छ भनेर कुरामा मात्र हैन व्यवहारमा समेत देखाउनु भन्ने अपेक्षा पनि व्यक्ति गर्नु भएको छ ।

अब कति दिन सम्मको अभियान रहेको छ भन्ने प्रश्नमा ई: आफ्ना सुन्निएका गोडा देखाउँदै भन्नुहुन्छ  “म एउटा साधारण व्यक्ति हुँ, मैँले गर्न सक्ने कुराहरू सीमित छन् । मेरो गोडामा अत्यधिक सुजन भएको अवस्थामा शरीरले धान्न पनि नसक्ला तर पनि सडक व्यवसायीको आशा र साथ पाउँदा मैँले मेरो अवस्था यस्तो छ भनेर छोड्ने अवस्था छैन तर बुधवार राति १० बजेसम्म १ सय ९९ घण्टा बस्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

“आज एक नगर प्रहरी  आएर मेयर बालेन ले भेट्न खोजेको भन्दै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए।” ई: भन्नुहुन्छ “हामीले कानुन विज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूको राय महत्त्वपूर्ण हुन्छ ३० मीनेट समय दिनुस् भन्दा नगर प्रहरीले त्यसो भए मेयर साहबले भेट्दैनन् भन्ने किसिमको ठाडो जवाफ दिनुभयो ।”

महानगर प्रहरी फर्किए केही समय पछि बालेनबाट आएको स्ट्याटसले उहाँमा हताश देखिनुभएको छ र उहाँमा अझै लोकतान्त्रिक आचरण र न्यूनतम मानवता नभएको देखिन्छ । ७ दिन देखि उभिएको मान्छेलाई नगर प्रहरी पठाएर गरेको व्यवहार ठिक नलागेको ई: ले बताउनुभयो ।

कार्यक्रममा ऐक्यबद्धता जनाउन आउनुभएका अविन कार्की भन्नुहुन्छ, “सडक पेटिकामा डोका नाम्ला गरेर साग सब्जी बेचेर जीविका चलाइआएका ज्याला मजदुरी गर्ने व्यक्तिलाई महानगरले गरेको ज्यादती गलत छ । मजदुरले गरिखाने गाडा, साइकल जस्ता सामान लगेर महानगरले कवाडीलाई दिने, लिलामी गर्ने जस्ता ज्यादती विरुद हामी यो अभियानमा सामेल भएका हौँ । “

आफ्ना परिवार पाल्न बालबच्चा पढाउन गरेको गरीव निमुखाको काममा हस्तक्षेप गर्नु एकदम गलत रहेको उहाँको भनाइ रहेको छ । बालेन शाह यस विषयमा संवेदनशिल नरहेको हो कि भन्ने  धारण  अविन कार्कीले व्यक्त गर्नु भयो । आफूले उहाँलाई मेयर उठ्ने समयमा पनि साथ धेरै दिएको तर अहिले सडकमा रहेको पीडित पक्षका लागि चिन्तीत नदेखिँदा नराम्रो लागेको उहाँले बताउनुभयो । साथै सडक‍पेटिमा रहेका व्यपारीलाई व्यवस्थापन गर्छु भन्ने चुनाव अघिका  वाचा  सम्झिएर त्यसको विकल्पतिर लाग्नु पर्ने बताउनुभयो ।

रत्नपार्कका व्यवसायी झलक प्रसाद गेलाल भन्नुहुन्छ “केशव स्थापित मेयर देखि विद्यासुन्दर मेयर हुँदा देखि व्यापार गर्दै आएका व्यापारी हौँ । त्यति बेला खासै हस्तक्षेप भएनन् । हामीलाई निर्धारित समय तोकी दिनु पार्यो,की अफिस समय १० बजेभन्दा अगाडि या ४ बजेपछाडि व्यापार गर्ने समय तोकिदिनुस् भन्ने विचार राख्नुभएको छ ।

बालेनले बोलेका  कुरा पुरा गर्नु पर्‍यो । गरिबी हटाऊ हैन गरिब हटाऊ भन्ने शैली बालेन ले गरेको छन् । विकल्प खोज्दिएर कदम चालेको भए वाह वाह हुने थिए तर गरिबको   चुलो निभाउने काम भएकाले यसबारे छिटो भन्दा छिटो ध्यान पुराउनुपर्ने झलकले बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link