एक ऐतिहासिक घटनाक्रममा, अमेरिकी प्रतिनिधि सभाले मङ्गलवार केभिन म्याकार्थीलाई सभाको सभामुखको पदबाट हटाएको छ। यसका लागि भएको मतदानमा म्याकार्थीको विपक्षमा २१६ र पक्षमा २१० मत परेपछि उहाँ सभामुखबाट पदमुक्त हुनुभयो ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका ६ जना कट्टर समर्थक सांसदहरूले म्याकार्थीको पक्षमा भोट नदिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो। अमेरिकामा सदनका सभामुखको पद खोसिएको यो पहिलो घटना हो।
यस घटनाक्रमले रिपब्लिकनमा दुई चिरा भएको प्रस्ट देखिन्छ। त्यसभित्र अझै केभिन म्याकार्थीसँग ठुलो सङ्ख्यामा सांसद छन् भने ट्रम्पसँग थोरै छन्। यस अवस्थामा दुवैले सदनमा बहुमत जुटाउन सक्दैनन्।
रिपब्लिकन प्रतिनिधि म्याट गेट्जद्वारा आफ्नै दलका म्याकार्थीलाई सभामुखबाट प्रतिस्थापन गर्न “हटाउने प्रस्ताव” पेस गर्नुभएको हो। यो प्रस्ताव सदनको साधारण बहुमतले पारित भयो र म्याकार्थीलाई उहाँको पदबाट हटाइयो।
अहिले संसदमा नयाँ सभामुख छैनन् । सदन अहिले अस्पष्ट अवस्थामा छ, र सभाको नयाँ सभामुख कसले लिने भन्ने स्पष्ट छैन। यति बेला अन्तरिम सभामुखमा उत्तर क्यारोलाइना प्रतिनिधि प्याट्रिक म्याकहेनरीलाई चुनिनुभएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एलन मस्क र डोनाल्ड ट्रम्पको सम्बन्धमा दरार: कसरी बिग्रियो यो सम्बन्ध?
- फेला पर्यो रिमिघा लेकमा यार्सागुम्बा
- भारतमा कोभिड-१९ को नयाँ प्रकोप
- पोर्चुगलले जित्यो स्पेनलाई हराउँदै नेशन्स लिगको उपाधि
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
