आर्टिफिसियल इन्टेलिजेन्समा बढ्दै लगानी

गत वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सफ्टवेयर उद्योगमा उल्लेखनीय लगानी वृद्धि भएको छ। लगानीसम्बन्धी अध्येता संस्था गोल्डम्यान स्यासका अनुसार एआई उद्योगमा सन् २०२५ सम्ममा करिब २ खर्ब करोड डलर लगानी पुग्नेछ।

हालै जारी भएको ब्लुमबर्ग प्रतिवेदनका अनुसार जेनेरेटिभ एआई यस्तो महत्वपूर्ण लागनी क्षेत्रका रूपमा विस्तार भइरहेको छ कि, सन् २०३२ सम्ममा यो क्षेत्रको बजार १३ खर्बको हुनेछ।

एआई सफ्टवेर क्षेत्रमा यस्तो लागनी ओइरिए पनि महिला र अल्पसंख्यक समुदायका प्रविधिविज्ञका लागि पर्याप्त लगानी पाउन कठिनाइ भइरहेको बताइन्छ।

विभिन्न प्रतिवेदनले भेन्चर क्यापिटल क्षेत्रले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताएका छन्। प्रविधि ज्ञानको क्षेत्रमा भइरहेको उद्यमशिलतामा पनि विविधीकरण बढाउनुपर्ने र सबै क्षेत्रका सम्भावनालाई लगानीको संकट नहुनेतर्फ विचार गरिनुपर्ने प्रतिवेदनले उल्लेख गरेका छन्।

विश्वबजारका लगानीकर्ताले एआई क्षेत्रको बृहत्तर सम्भावनाबारे थाहा पाउनु र बुझ्न सक्नुपर्ने आवश्यकता औंल्याउँदै ब्लुमबर्ग प्रतिवेदनले यस क्षेत्रको प्रचुरताबारे अझै बढी प्रचार हुनुपर्ने बताएको छ।

यसैबीच व्यावसायिक व्यक्तिहरूका बीचमा लोकप्रिय नेटवर्क लिंकडिनले पनि नयाँ एआई औजार प्रचलनमा ल्याएको छ। यो औजारको प्रयोगले लिंकडिन नेटवर्कका उपभोक्ताका लागि जागिरको अवसर खोज्न, बिक्री प्रवद्र्धन गर्न र बजार बढाउन थप सहज हुने बताइएको छ। यो नेटवर्कमा करिब १ विलियन प्रयोगकर्ता जोडिएका छन्।

यसैगरी एमआइटी अनुसन्धान ल्याबले एक नयाँ एआई विकास गरी हवाई सुरक्षामा उल्लेखनीय सुधार ल्याउन सकिने उपलब्धि प्राप्त भएको बताएको छ। एयर–गार्जेयन नाम गरेको सो कार्यक्रमले हवाई दुर्घटना घटाउन ऐतिहासिक उपलब्धि प्राप्त हुने विश्वास ल्याबको छ। यस प्रविधिले पाइलटको निगरानी र निर्णय क्षमतामा थप बल पुग्नेछ।

एआईद्वारा विभिन्न क्षेत्रको कार्यक्षमता सुधार गर्ने क्रममा गुगलले स्वाथ्यकर्मी खासगरी फिजिसियनको समय बचत हुन सहयोग पुग्ने ‘सर्च प्रोग्राम’ प्रयोगमा ल्याएको छ। यसबाट चिकित्सक र फिजिसियनहरूले बिरामीका विगतका स्वास्थ्य सम्बन्धी डिजिटल तथ्यांक सहजै थाहा पाउन सक्ने सुविधा भएको छ। साथै, बिरामीले के कस्तो उपचार प्राप्त गर्दै आएका थिए भन्ने सत्यतथ्य पनि थाहा पाउन सक्नेछन्। तर ती बिरामीको परीक्षण र उपचारसम्बन्धी तथ्यांक विद्युतीय (डिजिटल) फरम्याटमा रहेको भने हुनुपर्दछ।

यसैबीच चीनले आफ्नो कम्पयुटिङ क्षमतालाई ५० प्रतिशतले बढाउने नयाँ योजना सार्वजनिक गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्नो कम्प्युटिङ क्षमता सन् २०२५ सम्ममा ३ सय एएफएलओपिएस पुर्याउने गरी योजना ल्याएको छ। प्रतिसेकेन्ड हुने क्वान्टिलियन फ्लटिङलाई कम्प्युटिङ क्षमताको मापदण्ड मानिन्छ। सन् २०२२ सम्ममा चीनको यो क्षमता १ सय ८० थियो भने यो वर्ष १ सय ९७ पुर्याइने छ।

चीनमा कम्युटिङ र एआईको प्रवर्तनमा लगानी बढाउन शक्तिशाली डाटा सेन्टरहरू पनि थप गरिनेछ। चीन कम्प्युटिङ क्षमतामा अमेरिकापछि दोस्रो स्थानमा छ। नयाँ योजनामा कम्प्युटिसिनल पूर्वाधार र नेटवर्क क्षमता विस्तारलाई पश्चिम चीनमा केन्द्रित गरिने उल्लेख छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
आर्टिफिसियल इन्टेलिजेन्समा बढ्दै लगानी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link