भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा सडक सुरुङमा फसेका ४१ जनाको उद्धार प्रयास लम्बिएको छ । निर्माणाधीन सडक सुरुङको केही भाग भत्किएपछि गत आइतबारदेखि एक्स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।
एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर निरन्तर पहिरो आएपछि र हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धार प्रभावकारी हुन नसकेको हो । उद्धार प्रयासस्वरुप मानिसहरु रहेको ठीक माथिबाट प्वाल बनाउने तयारी भएको छ ।
करिव १ सय मिटरमाथिबाट प्वाल बनाई उनीहरुको उद्धार गर्न लागिएको उद्धार टोली प्रमुख नमन नारुलाले जानकारी दिनुभयो । सुरुङमा ४१ जना फसेको स्थानीय सरकारी अधिकारी अभिषेक रुहेलाले पुष्टि गर्नुभएको छ ।
सुरुङमा फसेकाहरूका लागि खाना, पानी, अक्सिजन र औषधि पनि ६ इन्च चौडा (१५ सेन्टिमिटर) पाइपमार्फत पठाइएको तर भित्र फसेकाहरू निराश भएको उल्लेख गरिएको छ ।
शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार कार्य अवरूद्ध भएको हो । उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी भैरहेको जनाएका छन् ।
सुरुङमा फसेकाको जीवन रक्षाका लागि खाना, पानी, अक्सिजन र औषधि ६ इन्च चौडा पाइपमार्फत पठाइएको छ । उद्धारमा ढिलाइ भएपछि सुरुङभित्र फसेकाहरू निराश भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उत्तरकाशी जिल्लामा निर्माण भइरहेको उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको एक भाग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू पनि छन्।
त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी अर्पण यदुवंशीले बताएअनुसार गत आइतबार स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो। मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको यदुवंशीले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फर्से बस्ती बगर बन्दा खल्लो बनेको दसैँ
- च्याम्पियन्स लिग: ८३ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडको रोमाञ्चक पुनरागमन
- आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको आराधना र पूजा
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- छ वटा प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
- कागजमै सीमित तनहुँका पूर्वाधार आयोजना
- नर्ड स्ट्रिम पाइपलाइन विस्फोट: युक्रेनी पूर्वसैन्य अधिकारीमाथि जर्मनीमा मुद्दा सुरु
- च्याम्पियन्स लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर युनाइटेड पराजित
- नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
- आजको मौसम पूर्वानुमान