राजावादीले फुटाए सहिद भीमदत्तको सालिकः अठार पक्राउ

कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ ।

महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रा तथा राजावादीहरू शुक्रकार प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई भर्खरै नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

 “तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको छ ।” प्रवक्ता डाँगीले भन्नुभयो, “उनीहरुको नामावली सङ्कलनलगायत काम पनि भइरहेको छ ।”

अर्कोतिर पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपाले आज शनिवार कञ्चनपुर बन्द गर्ने घोषणा गरेको छ । शुक्रवार बेलुका सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै बन्द गर्ने घोषणा गरेको हो । भ्रष्टाचारका विरुद्ध, हिन्दु राष्ट्र  र संवैधानिक राजसंस्थाको पुनर स्थापना र संघियताको खारिजिको माग गर्दै आज गरिएको प्रदर्शनमा भीमदत्त पार्कमा राखिएको भीमदत्त पन्तको शालिक तोडफोड गरिएको थियो । सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका १८ जना युवा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेको १८ जनालाई गतेसम्म रिहाइ नहुन्जेलसम्म अनिश्चितकालिन बन्द गर्ने समेत घोषणा गरेको छ ।

‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गर्ने विद्रोही नेता भीमदत्त पन्तले किसानको हक हितका बारेमा आवाज उठाउनु भएको थियो। नेता पन्तले त्यति बेलाका गरीब सर्वसाधारणले नुन समेत खान नपाएको देखेर नुन आन्दोलनको समेत गर्दै।ञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट लुटेर गरीबहरूलाई नुन वितरण गर्नुभएको थियो।

उहाँले किसानको हितमा गरेका काम र किसान आन्दोलनबाट नेपाल र भारत दुबैतिरका सरकार तर्सिएका थिएँ। २०१० साउन १७ गते डडेल्धुराको तात्कालिन आलिताल र डोटीको छतिवन गाउँको सीमाना क्षेत्रको गल्लेख भन्ने ठाउँमा खाना खाइरहेका बेला नेपाल र भारतका सेनाको संयुक्त टोलीद्वारा  रुपमा घेरा हालेर भीमदत्त पन्तलाई मारिएको थियो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link