सुरुङकमा फसेका उनीहरूको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार पछि भेटेको बताइएको छ । 

सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाएरै राखिएको थियो । उनीहरूको स्वास्थ्यको अवस्था हेरेर उद्धारलगत्तै नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई पनि तयार अवस्थामा राखिएको थियो।

सुरूङ नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबै जना सकुशल रहेको बताइएको छ।

गत नोभेम्बर १२ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम सकिएलगत्तै उद्धार सुरू गरिएको हो । 

सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि अमेरिकाबाट समेत मेशिन र इन्जिनियर झिकाएर काम भइरहेको थियो । तर कहिले पहिरो जाने र कहिले मेशिन बिग्रने भएपछि उद्धारमा ढिलाइ भएको थियो । फसेका मजदुरहरूलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको थियो ।

सुरूङबाट ९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरेर त्यहाँबाट एक/एक जना गर्दै मजदुरलाई बाहिर निकालिएको हो ।