समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्य तिथि विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
सोमबारदेखि सुरु भएको वार्षिक पुण्य तिथिमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, काँग्रेसका महामन्त्री गगनकुमार थापा, काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीलगायत नेताहरू उपस्थिति भई स्व.सापकोटाको योगदानको चर्चा गर्नु भएको थियो ।
वार्षिक पुण्य तिथिमा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर सन्न्यास आश्रम देवघाट धामका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यलगायत विभिन्न वेद विद्याश्रमका संस्कृत शास्त्रीको उपस्थिति रहेको थियो ।
स्व.तिलकप्रसादको पुण्य तिथिका अवसरमा आज रक्तदान, स्वर्गीय सापकोटाको जीवनीमा आधारित श्रव्य दृश्य सामग्री प्रदर्शन, स्वर्गीय सापकोटामा समर्पित पत्रिकाको विशेषाङ्क लोकार्पण, कवि गोष्ठी आयोजना गरिएको थियो ।
श्रद्धाञ्जलि सभामा साहित्यकार डा नवराज लम्साल, गोविन्दराज विनोदी, राससका प्रधान सम्पादक एकराज पाठक, गण्डकी प्रदेशका पूर्व सदस्य विष्णु लामिछाने, प्राडा नारायणप्रसाद खनालले डा रामचन्द्र कँडेलले विजय खबर पत्रिकाको विशेषाङ्क लोकार्पण गर्नुभएको थियो ।
विशेषाङ्कमा स्व सापकोटाको जीवनीसहित उहाँले समाजसेवाका क्षेत्रमा गर्नुभएका कार्यहरू र उहाँको राजनीतिक जीवनी प्रकाशन गरिएको छ । त्यसै गरी, स्व सापकोटाको योगदानमा आधारित कवि गोष्ठीमा साहित्यकार डा नवराज लम्साल, हीरालाल कँडेल, लक्ष्मीकान्त शर्मा (लकाश) लगायतले कविता वाचन गर्नुभएको थियो ।
स्व सापकोटाको पुण्य तिथिका अवसरमा उहाँकै निवासमा काँग्रेस गैँडाकोट–८ वडा समितिले खुला रक्तदान कार्यक्रम गरेको छ । सो कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।
लोकतन्त्रको स्थापना र शिष्ट राजनीतिक संस्कारको निर्माणका लागि १४ वर्षदेखि ७९ वर्षसम्म निरन्तर सङ्घर्षरत रहनुभएका सापकोटाको २०७९ कात्तिक २३ गते निधन भएको थियो । स्व. सापकोटा राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटाका पिता हुनुहुन्छ ।
स्व.सापकोटाले आफ्नो जीवनकालका महत्त्वपूर्ण समय समाजसेवा र राजनीतिको माध्यमबाट सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा लाग्नुभयो । सापकोटा काँग्रेस गैँडाकोटका संस्थापक अभिभावक हुनुहुन्छ ।
सापकोटा काँग्रेसमा विसं २०१५ देखि सक्रिय रहनुभएको थियो । सापकोटाले जननेता बिपी कोइरालाबाटै काँग्रेसको सदस्यता लिनुभएको थियो । सापकोटाले आफ्नो जीवनकालमा भाषा, संस्कृति, धर्म, सामाजिक कर्म, विकास निर्माणका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हेम्जाकोट गाउँ र माछापुच्छ्रे हिमाल
- पनौती प्रेस पूर्ण सञ्चालनतर्फ : छ महिनामा नागरिकता-लाइसेन्ससहित नौ सेवा
- आज गणेशमान सिंहको १११औँ जन्म जयन्ती मनाइँदै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- ट्रम्पको भाषण सम्पादनको आलोचना पछि बिबिसीका निर्देशकले दिए राजीनामा
- विभिन्न सडक दुर्घटनामा एकको मृत्यु, १७ घाइते
- महाकाली करिडोर: सुदूरपश्चिमको लाइफलाइन अलपत्र
- ‘एनटिभी वर्ल्ड’ आजदेखि: पिएसबी नेपालको स्थापनाको प्रथम वर्षोत्सव
- आजको विदेशी मुद्राको विनिमय दर
- स्याउले सिप्तिङ होमस्टे: आठपहरियाको संस्कृति र पर्यटनको नयाँ ढोका