गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले चेतावनी दिएको छ ।
डब्लूएफपीले इजराइल र हमासबीच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।
पछिल्लो समय मङ्गलवार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, ‘हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ ।’
डब्लूएफपीले अनुमान गर्दै भनेको छ, ‘यदि डब्लुएफपीले निरन्तररूपमा खाना पुर्याउन सकेन भने गाजाको जनसङ्ख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन् ।’
खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि छ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ । गाजामा सङ्कट शुरू भएपछि डब्लूएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
