मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको सङ्ख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उत्तरी गाजाका अस्पताल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भएकाले सयौँ घाइतेको उपचार अत्यन्त सीमित चिकित्सा उपकरणबाट जमिनमा भइरहेको छ ।
उहाँले गाजापट्टीका सबै अस्पतालमा चिकित्सा र शय्या क्षमताभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने बाध्यताले गम्भीर रोगहरूको उपचार गर्न संसाधनको कमी रहेको बताउनुभयो ।
घाइतेहरूको उपचार विदेशमा गर्ने अनुमति दिने सुस्त व्यवस्थाको आलोचना गर्दै किद्राले इजराइल–हमास युद्ध सुरु भएपछि चार सय तीन मानिसलाई मात्र उपचारका लागि गाजापट्टी छाड्ने अनुमति दिइएको उल्लेख गर्नुभयो ।
चिकित्सा आपूर्ति, औषधि र इन्धनको प्रवाह सुनिश्चित गर्नका लागि सुरक्षित मानवीय मार्गको माग दोहोर्याउँदै उहाँले घाइते र रोगीहरूलाई सहज उपचारका लागि विदेश जान अनुमति दिन आग्रह गर्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
