चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ । नेपाली समय अनुसार आज बिहान २ बजे उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु लिनक्सिया चेङगुआन्जेन, गान्सुबाट ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब १०० किलोमिटर टाढा रहेको थियो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ ।
भूकम्पबाट गान्सुमा १०५ र छिमेकी छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएको छ । जिल्लाका कैयौं गाउँमा विद्युत् अवरुद्ध र खानेपानी अवरुद्ध भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा एक हजार ४४० अग्निनियन्त्रक, सशस्त्र प्रहरी र सयौं चिकित्सकहरूको कार्य टोली र हजारौं उद्धारकर्ताहरू पठाएको छ उक्त्त सञ्चारमाध्यमले जनाएको छ ।
काउन्टीको दैनिक न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सियस पुग्ने क्षेत्रमा हजारौं कपासको पाल र विपद्अ न्य राहत सामग्री पठाइएको स्थानीय मौसमविद्ले जानकारी दिएको उल्लेख गरिएको छ । भूकम्पपछि स्थानीय विद्युत प्रणालीका सामाग्री बिग्रिएपछि ३४ हजार ७० उपभोक्ता प्रभावित भएका छन् । चार घण्टाको मर्मत सम्भारपछि मंगलबार बिहान १२ हजार ९ सय ९१ प्रयोगकर्तालाई विद्युत् पुर्याइएको पनि सञ्चारमाध्यमले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धारका सवारी साधनहरूको नि:शुल्क र द्रुत मार्ग सुनिश्चित गर्न आपतकालीन उद्धार च्यानलहरू खोलिएको छ। राष्ट्रिय राजमार्गमा समस्या देखिएको र अहिले उद्धार तथा साना सवारी साधनहरु सामान्य रुपमा गुडिरहेको त्याँहाको यातायात मन्त्रालयले जनाएको छ । तर, ठूला सवारी साधनलाई भने निषेध गरिएको समाचारमा उल्लेख छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
