वीरगन्जमा १८० कार्टुन अवैध औषधि बरामद

वीरगन्जमा ठुलो मात्रामा अवैध औषधि बरामद भएको छ । औषधि व्यवस्था विभागले छापा मारेर सो औषधि बरामद गरेको हो । औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयबाट खटेको टोलीले एक गोदाममा छापा मारेर नेपालमा अस्वीकृत रहेको ठुलो परिमाणको भारतीय आयुर्वेदिक औषधि बरामद गरी जफत गरेको छ ।

विशेष सूचनाको आधारमा गएको टोलीले वीरगन्ज महानगरपालिका–१६ नगवा स्थित एक घरको गोदाममा छापा मारेर करिब १५ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद गरेको हो ।

वीरगन्जस्थित औषधि व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पंजियारको नेतृत्वमा खटिएको टोलीले उक्त औषधि बरामद गरेको थियो । बरामद गरिएको औषधि दुखाई कम गर्नका लागि मालिस गरिने र खाने झोल  रहेको निमित्त प्रमुख पंजियारले बताउनुभयो ।

भारत पटनाको श्री वैद्यनाथ आयुर्वेद भवनद्वारा उत्पादित विभिन्न ब्रान्डका १८० वटा कार्टुनमा रहेका ८ हजार बोतल औषधि बरामद गरिएको जनाइएको छ । औषधि जफत गर्नुका साथै ती औषधि  भारतबाट अवैध रूपमा वीरगन्जमा ल्याएर भण्डारण गर्ने सिराहा जिल्ला घर भएका हिमालयन सप्लार्यसका व्यवस्थापक मोहम्मद अतिक अनवरलाई नियन्त्रणमा पनि लिइएको पंजियारले जानकारी दिनुभयो ।

औषधि व्यवस्था विभागबाट परीक्षण गर्दा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मा उक्त कम्पनीद्वारा उत्पादित औषधि अनुपयोगी भएकाले नेपालमा आयात र बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले  प्रतिबन्ध लगाएको छ ।

तर अनवरले उक्त भारतीय कम्पनीको औषधि जानाजान आयात गरेर बिक्री वितरणका लागि भण्डारण गरेको सूचना पाएपछि आवश्यक कारबाही अगाडि बढाइएको जनाइएको छ । बरामद औषधि जफत गर्नुका साथै व्यवस्थापक अनवरलाई पनि नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडी बढाइएको पंजियारले बताउनुभयो । नियन्त्रणमा लिइएका अनवरलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा पठाइएको समेत उहाँले जानकारी दिनुभयो । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link