हमास– इजरायल युद्धका क्रममा गत ७ अक्टोबर यता गाजा क्षेत्रमा कार्यरत रहेका पत्रकार मध्ये ९ प्रतिशत पत्रकार मारिएका छन् ।
प्यालेस्टाइन जर्नालिष्ट सेण्डीकेट (पीजेएस) ले जनाए अनुसार विगत तीन महिनामा इजरायली सेनाले मात्रै ७२ जना पत्रकार मारेको र विभिन्न कारणबाट युद्धमा एक सय नौ जना पत्रकार गाजा क्षेत्रमा मारिएका छन् ।
यस्तै दरमा पत्रकारहरू मारिए भने सन् २०२४ को अन्त्य सम्ममा गाजा क्षेत्रका आधा पत्रकार मारिने प्रक्षेपण पनि सो सेण्डीकेटले गरेको छ । यही साताको आइतबार पनि इजरायलले लक्षित आक्रमण गरेर अल जजिरा टिभीका पत्रकार हाम्जा दाहदो र मुस्ताफा थुरायाको हत्या गरेको छ ।
धेरैजसो मारिएका पत्रकार हवाई आक्रमणमा परेर उनीहरूको निवास, कार्यक्षेत्र र कार्यालयमा हत्या भएको सो सेण्डीकेटले उल्लेख गरेको छ । धेरैजसो घटनामा स्पष्ट रूपमा पत्रकारलाई लक्षित गरेको बताएको छ ।
इजरायली सेनाले ड्रोन आक्रमण गरेर रोयटर्स समाचार एजेन्सीका प्रतिनिधि इजाम अब्दुल्लाहलाई लेवनानमा मारिएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । पत्रकार लक्षित आक्रमणको निन्दा गर्दै एम्नेष्टी यस्ता घटनाको निष्पक्ष रूपमा अन्तर्राष्ट्रिय छानबिन हुनुपर्ने उल्लेख गरेको छ ।
युद्ध भूमिमा पत्रकारिता गरेर संसारलाई मानवीय सङ्कट र युद्ध अपराधको तथ्यहरू अवगत गराउन ज्यान जोखिममा पारेर क्रियाशील पत्रकारहरूमाथिको ज्यादती इतिहासको लागि अत्यन्तै क्रूर अपराधका रूपमा अभिलेखबद्ध भइरहेको प्यालेस्टाइन पत्रकारहरूको सञ्जालले जनाएको छ ।
सत्य दबाउन भइरहेको यो ज्यादतीपूर्ण रवैया निन्दा गरेर नसकिने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय मिडिया रिपोर्टले उल्लेख गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
