यु-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ। खेल नेपाली समय अनुसार दिउँसो १ :४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ ।
यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्यान्डसँग खेल्न लागेको हो। नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।
यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो ।
२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू-१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ ।
यसरी २००६ मा नेपालले टेस्ट राष्ट्र न्युजिल्यान्डमाथि जित निकालेर सनसनी मच्चाएको थियो। त्यसको १० वर्षपछि नेपाल र न्युजिल्यान्डको युवा टिमबीच सन् २०१६ मा बंगलादेशमा आयोजना भएको यू-१९ विश्वकपको समूह चरणमा प्रतिस्पर्धा भयो। सो खेलमा फेरि नेपाली युवा टिमले न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्न सफल भएको थियो ।
प्रशिक्षक जगत टमाटाले दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि पहिलो खेल सधैं महत्वपूर्ण हुने बताएका छन् । ‘न्युजिल्याण्ड विरुद्धको पहिलो खेल हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । यहीबाट हाम्रो लय सेट गर्नुपर्छ । हामी हाम्रो उत्कृष्ट प्रदर्शन दिनेछौं ।’
नेपालका कप्तान देव खनालले ८ वर्षपछि विश्वकपमा फर्कदा खुसी लागेको बताए, ‘हामी निकै उत्सहित छौं। ८ वर्षको पर्खाइपछि हामी यू–१९ विश्वकप खेल्दैछौँ। विश्वकप हाम्रा लागि सपना हो र सम्पूर्ण देशका लागि विशेष कुरा हो।’
नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
