राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन १८, नेकपा (एमाले) १

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। माघ ११ गते बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो।

राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी हुनुभएको छ।

मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित हुनुभयो।

त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित हुनुभयो।

लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित हुनुभएको छ।

कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ।

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित हुनुभएको छ।

राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो। जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ।

त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ।

९९ प्रतिशत मतदान

राष्ट्रियसभाको १९ सदस्यका लागि भएको निर्वाचनमा ९९ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा गरी प्रदेशसभाका सदस्यतर्फ पाँच सय ४९ मतदाता रहेकामा पाँच सय ४६ ले मतदान गरी ९९ दशमलव ४५ प्रतिशत तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ एक हजार चार सय ९७ मतदाता रहेकामा एक हजार चार सय ८६ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ। यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा दुई हजार ३२ ले मतदान गरेकाले ९९ दशमलव ३२ प्रतिशत मतदान भएको छ।

आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेशसभाका सदस्यतर्फ ९३ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ७३ मतदाता रहेकामा दुई सय ७१ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ। दुवै तहमा गरी कोशी प्रदेशतर्फ कूल मतदाता तीन सय ६६ मा तीन सय ६४ ले मतदान गरेकाले ९९ दशमलव ४५ प्रतिशत  मतदान भएको छ।

मधेस प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय सातजना मतदाता रहेकामा एक सय ६ ले मतदान गरी ९९ दशमलव शून्य सात प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ६७ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत मतदान भएको छ। यसरी मधेस प्रदेशतर्फ कूल मतदाता तीन सय ७४ मा तीन सय ७३ ले मतदान गरेकाले ९९ दशमलव ७३ प्रतिशत मतदान भएको छ।

बागमती प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय १० मतदाता रहेकामा एक सय आठले मतदान गरी ९८ दशमलव १८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ३७ मतदाता रहेकामा तीन सय ३४ ले मतदान गरी ९८ दशमलव ७३ प्रतिशत मतदान भएको छ। यसरी बागमती प्रदेशतर्फ कूल मतदाता तीन सय ४७ मा तीन सय ४२ ले मतदान गरेकाले ९८ दशमलव ५६ प्रतिशत मतदान भएको छ।

गण्डकी प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ६० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ ले मतदान गरी ९९ दशमलव ४१ प्रतिशत मतदान भएको छ। यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ ले मतदान गरेकोले ९९ दशमलव ५७ प्रतिशत मतदान भएको छ।

लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ ले मतदान गरी ९९ दशमलव शुन्य आड प्रतिशत मतदान भएको छ। यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ ले मतदान गरेकोले ९९ दशमलव ३४ प्रतिशत मतदान भएको छ।

कर्णाली प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ४० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत मतदान भएको छ। यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा सबैले मतदान गरेकोले शत प्रतिशत मतदान भएको छ।

सुदुरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ ले मतदान गरी ९८ दशमलव ३० प्रतिशत मतदान भएको छ। यसरी सुदुरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२२५ ले मतदान गरेकोले ९८ दशमलव ६८ प्रतिशत मतदान भएको छ।

आवरण तस्बिरः दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहीबार राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्दै गुल्मी इस्मा गाउँपालिकाका उपप्रमुख पर्वती कुँवर।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Rastriya Shava Election
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link