दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्नुहुनेभएको छ ।
युक्रेनमा जारी युद्ध तेस्रो वर्षमा प्रवेश गर्न लागेका बेला जेलेन्स्कीले म्यूनिख सुरक्षा सम्मेलनमा आर्थिक सहयोग र हतियारमा निरन्तर सहयोगका लागि आफ्नो प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ । सम्मेलनमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत नेताहरू भेला हुनेछन् ।
जेलेन्स्कीको युरोपेली मुलुकको भ्रमण युक्रेनी सैनिकहरूको लागि एक महत्वपूर्ण समयमा आएको छ, जसले गोलाबारुदको कमी र ताजा रूसी आक्रमणका कारण पूर्वी अग्रपङ्तीमा बढ्दो कठिन परिस्थितिको सामना गरिरहेका छन् ।
सबैभन्दा ठूलो योगदानकर्ता संयुक्त राज्य अमेरिका चुनावी वर्षको दौडानका कारण अर्बौं डलरको पश्चिमा सहायताको दीर्घकालीन भविष्य अन्योलमा रहेको छ ।
वासिङ्टनमा गत वर्षदेखि ६० अर्ब अमेरिकी डलरको सैन्य सहायताको सम्भावित प्याकेज कंग्रेसमा देखिएको विवादका कारण रोकिएको छ । युरोपेली सङ्घ (ईयू) ले मार्चसम्ममा पठाउने वाचा गरेको १० लाख तोपखानाको आधा गोला मात्रै व्यवस्था गर्न सक्ने बताएको छ ।
युरोपका दुई प्रमुख शक्तिशाली मुलुकहरू जर्मनी र फ्रान्सको भ्रमणका क्रममा जेलेन्स्कीले युद्ध समाप्त भएपछि आफ्नो देशको सुरक्षा प्रत्याभूतिलाई व्यवस्थापन गर्ने प्रयास गर्नुहुनेछ ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार युक्रेनको ‘दीर्घकालीन सुरक्षा प्रतिबद्धता र समर्थन’ समेट्ने गरी द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने जर्मन सरकारले जनाएको छ ।
एलिसीले शुक्रबार युक्रेनसँग सुरक्षा सम्झौतामा हस्ताक्षर हुने पनि पुष्टि गरेको छ, तर यसको विषयवस्तुबारे कुनै जानकारी दिएको छैन ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
