पाकिस्तानको बिशाममा मङ्गलबार भएको आत्मघाती बम विस्फोटनमा दासु बाध योजनामा कार्यरत पाँच चिनियाँ इन्जिनियरहरूको ज्यान गएपछि चीनले घटनाको निष्पक्ष छानबिन र आफ्नो नागरिकको सुरक्षाको माग गरेको छ ।
पाकिस्तानले आक्रमणमा संलग्न अपराधी र यस हमलाका सहयोगीहरुको खोजिका लागि अनुसन्धान अगाडि बढाइसकेको जानकारी सार्वजनिक गरेको छ।
मङ्गलबार दिउँसो साङ्ला जिल्लाको बिसाममा रहेको दासु बाँध आयोजनाको कर्मचारी ढुवानी गरिरहेको बसमा आत्मघाती बम हमला हुँदा पाँच चिनियाँ नागरिकसँगै एक पाकिस्तानी चालकको पनि मृत्यु भएको थियो ।
पाकिस्तानी प्रहरीका अनुसार बस काराकोरम राजमार्गमा आक्रमणमा परेको थियो। पाकिस्तानको कोइस्थानबाट विस्फोटक पदार्थले भरिएर आउँदै गरेको गाडीले चिनियाँ नागरिक बोकेको बसलाई ठक्कर दिएको थियो। विस्फोटपछि बसमा आगलागी भएको र बस खोलाको खोँचमा खसेको थियो।
पाकिस्तानी प्रहरीद्वारा प्रमाण सङ्कलनका लागि विस्फोटन भएको क्षेत्र घेराबन्दी गरिएको छ। विस्फोटन स्थलमा चिनियाँ नागरिकको मात्र नभएर आत्मघाती आक्रमणकारीहरुको शरीरका केही अङ्गहरू पनि भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको पनि पाकिस्तान सरकारले बताएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
