ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
दक्षिण अमेरिकी देश ब्राजिलमा डेङ्गुको कुल ३५ लाख ३० हजार शङ्कास्पद घटनाहरू राष्ट्रव्यापी रूपमा रिपोर्ट गरिएको छ ।
डेङ्गु ज्वरोको घटना दर हाल ब्राजिलियाली बासिन्दाहरूमा प्रति लाख एक हजार ७४१ शङ्कास्पद सङ्क्रमित भेटिएका छन् ।
सन् २०२३ मा डेङ्गुका कारण एक हजार १७९ जनाको मृत्यु भएका थिए । सन् २०२४ को यो अवधिसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा यो सरदर ३५ प्रतिशतले बढी हो ।
शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५.२ प्रतिशत महिला यसबाट सङ्क्रमित भएका छन् । जनसाङ्ख्यिकीय समूहमा डेङ्गुको सबैभन्दा बढी असर २० देखि २९ वर्ष उमेर समूहभित्र परेको देखिन्छ ।
सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई पालना गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । डेङ्गु एडिस एजिप्टी लामखुट्टेको टोकाइबाट सर्छ र यो मानव स्वास्थ्यका लागि घातक जोखिम हुनसक्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
