हमासमाथि ‘सैन्य दबाब’ बढाउने इजरायली चेतावनी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा बन्धक बनाइएकाहरुको रिहाईका लागि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने बताएका छन्।

‘हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउनेछौं किनभने यो नै हाम्रा बन्धकहरूलाई मुक्त गर्ने एक मात्र उत्तम विकल्प हो,” नेतन्याहूले निस्तार चाडको यहूदीहरूको बिदाको पूर्वसन्ध्यामा एक भिडियो वक्तव्यमा भने।

अन्तरराष्ट्रिय आक्रोशका बावजुद नेतन्याहूले पटक–पटक दक्षिणी गाजा शहर रफाहमा इजरायली सेनाले जमीनी आक्रमण गर्ने बताउँदै आउनु भएको छ । रफाहमा अहिलेसम्म १५ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइसकेका छन् ।

गाजा युद्ध चर्काएको हमासको अकल्पनीय आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार १७० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

उक्त आक्रमणपछि लडाकूहरूले करिब २५० जनालाई बन्धक बनाएका थिए । इजरायलको अनुमानअनुसार गाजामा बाँकी रहेका १२९ जनामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link